वार्षिक छ अर्बको सौन्दर्यजन्य सामग्री आयात | Khabarhub Khabarhub

वार्षिक छ अर्बको सौन्दर्यजन्य सामग्री आयात


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करिब रु छ अर्बको सामग्री आयात हुने गरेको छ ।

आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

सङ्घका अध्यक्ष कमला श्रेष्ठले पछिल्लो समय बजारमा कमसल तथा न्यून गुणस्तरका सौन्दर्य सामग्रीको आयात र कारोवार बढ्दै गएकाले त्यसले छाला बिगार्ने, रोग लाग्न सक्ने हुँदा त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

डा आयुषमान घिमिरेले सरकारले बजारमा नियमन गरी गुणस्तरहीन सामग्रीको आयातमा रोक लगाउन माग गर्दै स्वदेशी जडीबुटीको उत्पादनमा जोड दिए । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले मानिसहरु सौन्दर्यप्रति संवेदनशील बन्दै गएकाले जैविक विविधताले भरिएको मुलुकमा विभिन्न जडीबुटीलाई व्यावसायिकरूपमा उपयोग गर्नुपर्ने विचार व्यक्त गरिन् ।

एक्स्पोमा कस्मेटिक सामग्री, व्यावसायिक तालिम, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र, फेसन शोलगायत विभिन्न स्वास्थ्य संस्थाका एक सय स्टल हुने छन् । एक्स्पोमा छालासम्बन्धी विशेषज्ञद्वारा सेमिनार सञ्चालन गरिने पनि जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ०२ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती