साउदी युवराजले लिए पत्रकार खासोग्जी हत्याको जिम्मेवारी | Khabarhub Khabarhub

साउदी युवराजले लिए पत्रकार खासोग्जी हत्याको जिम्मेवारी


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पत्रकार जमाल खासोग्जी हत्याको नैतिक जिम्मेवारी लिएका छन् ।

एक वर्षअघि टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासभित्र पत्रकार खासोग्जीको हत्या भएको थियो ।

खासोग्जीको गत वर्षको अक्टोबर २ मा इस्तानबुलमा भएको हत्यामा साउदी युवराजको हात भएको चर्चा भएको भएपनि उनले कुनै प्रतिक्रिया भने जनाएका थिएनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार अर्को साता प्रसारण हुने पीबीएस डकुमेन्ट्रीलाई दिएको एक अन्तर्वार्ताका क्रममा सलमानले उक्त घटना आफ्नो शासनमा भएकोले त्यसको जिम्मेवारी आफूले लिने बताएका छन् ।

‘मेरो शासनको समयमा भएकाले म यसको जिम्मेवारी लिन्छु’ युवराजको भनाइ उदृत गर्दै पीबीएसका मार्टिन स्मिथले भनेका छन् । उक्त डकुमेन्ट्री खासोग्जीको हत्या भएको एक वर्ष पुग्नु अघि अक्टोबर एक मा प्रशारण हुँदैछ ।

टर्कीको स्तानबुललमा रहेको साउदी महावाणिज्य दूतावास पुगेका ५९ वर्षीय पत्रकार जमाल खासोग्जीको हत्या भएको थियो । दिउँसो साढे एक बज्नुभन्दा १५ मिनेट अघि प्रेमिका हटिजिया सेन्गिजलाई गेट बाहिर छोडेर खासोग्जी महावाणिज्य दूतावास भित्र प्रवेश गरेका थिए तर उनी फर्किएर आएनन् ।

खासोग्जी अमेरिकाको वासिङटन पोस्टमा स्तम्भ लेख्थे र साउदी अरेविया शासनका कट्टर आलोचक थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ५ : ०१ बजे

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना