क्यान निर्वाचन : साझा एजेन्डामा पाण्डे र चन्दको रस्साकसी | Khabarhub Khabarhub

क्यान निर्वाचन : साझा एजेन्डामा पाण्डे र चन्दको रस्साकसी



काठमाडौं- अबको ५२ घण्टाको हाराहारीमा नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पाउँदैछ । अक्टोबर २०१६ मा सरकारी हस्तक्षेपलाई कारण मान्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यान निलिम्बन गरेको थियो ।

प्रशासनिक निकाय नहुँदा पनि पछिल्ला तीन वर्षमा नेपाली क्रिकेटले मैदानमा ठूलो सफलता हात पार्यो । त्यसका पछाडि खेलाडीको प्रत्यक्ष मेहनत नै जोडिएको छ त्यसपछि खेलको वातावरण मिलाइ दिने आईसीसीको ।

खेलकै माध्यमबाट यसबीचमा क्रिकेट मैदानमा जति सफलता हात पर्यो त्यति नै घरेलु तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटले आफ्नो स्थान सुरक्षित गर्‍यो । जसको फलस्रुप अहिले नेपालमा फुटबल पछिको बढी चर्चित खेलका रुपमा क्रिकेट भएको छ ।

आईसीसीले नेपाली क्रिकेटको देखिएको विवाद समाधानका लागि लगातार पहल कदमीको परिणाम स्वरुप असोज १० र ११ गते अर्थात भोलि र पर्सि क्यानको साधारण सभाका लागि मिति घोषणा भएको छ । आईसीसीले बनाएको स्वतन्त्र कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समन्वयमा शनिवार बेलुकासम्म क्यानले नयाँ नेतृत्व पाउँदैछ ।

नेपाली क्रिकेटलाई अगाडि बढाउने र क्यान निलम्बन फुकुवाको अन्तिम चरणका रुपमा पनि यसलाई हेरिएको छ । क्यानको नेतृत्व लिनका लागि आफूहरु तयार रहेको भन्दै दुई पक्षले नेतृत्व दावेदारी पेश गरिसकेका छन् । क्यानका पूर्व अध्यक्ष्य तथा स्वतन्त्र कमिटीका सल्लाहकारसमेत रहेका विनयराज पाण्डे र निर्वाचित क्यानका पूर्व अध्यक्ष चतुरबहादुर चन्द क्यानको अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

चुनावी मैदानमा उत्रिएका यी दुई व्यक्तिमध्येबाट कसले आफूलाई नेपाली क्रिकेटका पहरेदारका रुपमा अगाडि ल्याउन सक्छन् भन्ने अहिले नै भन्न कठिन छ । तर, पनि दुवै जनाले आफ्नो पक्षमा मत आउने दाबी गरिसकेका छन् । चुनावी मैदानमा रहेका पाण्डे सधारण सभालाई सौहार्द रुपमा सम्पन्न गर्ने गरि सहमति खोज्ने पहल गरिरहेको बताउँछन् चन्दले भने आफू पनि क्यानको नेतृत्व लिनका लागि तयार रहेको बताएका छन् ।

क्रिकेटको भाषामा भन्दा यी दुई खेलाडीबीचको भीडन्तमाको ‘बोल्ड’ हुन्छन् र को ‘बाउण्ड्री’ प्रहार गर्दै ‘क्रिज’ मा रहलान् भन्ने चासोको विषय बनेको छ । औपचारीक रुपमा उम्मेद्वारी घोषणा भइनसकेपनि यी दुई जनाबीचको प्रतिस्पर्धा भने निश्चित भइसकेको छ । क्यान निर्वाचनमा अध्यक्षका प्रत्यासि चन्द भन्छन्,‘अब औपचारिक घोषणा मात्रै बाँकी छ ।’

यता अर्का अध्यक्षका प्रत्यासी तथा क्यानका पूर्व अध्यक्ष पाण्डे भने सक्दो सहमतिको बाटो खोज्ने लक्ष्यमा रहेको बताउँछन् । ‘यतिबेला नेपाली क्रिकेटलाई माथि उठाउनु पर्ने चुनौती महत्वपूर्ण हो । त्यसैले सकेसम्म हामी मिलेर अगाडि बढ्नु पर्छ ।’क्यानको साधारण सभा शुक्रबार शुरु हुँदैछ । यसका लागि दुवै पक्ष चुनावी मैदानमा उत्रिइसकेका छन् । रोचक कुरा, अध्यक्ष पदका दुवै उम्मेदवारको चुनावी नारा वा एजेन्डा भने एकै छ ।

आईसीसीको प्रतिबन्धमा रहेको ‘क्यानको निलम्बन फुकुवा’ नै अध्यक्ष दाबेदारद्वयको मुख्य चुनावी एजेन्डा हो । यतिबेला नेपाली क्रिकेटले प्रशासनिक निकाय नहुँदा पाएको सफलताको रक्षा गर्दै आईसीसीसँगको विश्वास जितेर अगाडि बढ्नु पर्ने योजनासहित दुवै उम्मेद्वार अगाडि बढीरहेको बताउँछन् ।

‘यतिबेला महत्वपूर्ण चुनौति भनेको आईसीसीलाई विश्वासमा लिन सक्नु हो । सरकारी हस्तक्षप, आर्थिक पार्दशिता र क्रिकेट संरचनाको निर्माणका लागि पहल गर्दै अगाडि बढ्ने लक्ष्यमा छु,’ अध्यक्षका आकांक्षी चन्दले भने,‘ आगामि दिनमा सरकारी हस्तक्षेप हुँदैन भन्ने विश्वास लिएको छु । आईसीसीले पनि सरकारी हस्तक्षेप नस्वीकारेकै कारण यो अवस्था आएको हो । फेरि पनि सरकारले हस्तक्षेपकारी भूमिका खेल्न खोजे हामी नै आईसीसी कुरा गछौं ।’

सन् २००६ सम्म क्यानको अध्यक्ष रहेका विनयराज पाण्डेहरु आफ्नो पुस्ताको मिहिनत पछिल्लो समय नेतृत्वमा आएका व्यक्तिहरुले संरक्षण गर्न र त्यसलाई अगाडि बढाउनुको साटो क्यानलाई नै निलम्बिन हुने अवस्थामा पुर्याएका कारण यसलाई अगाडि बढाउने लक्ष्यसहित आफै चुनावी मैदानमा उत्रिने बताउँछन् ।

‘मैले ४० बर्ष क्रिकेटमा विताए । हामीले धेरै मिहिनेत गरेर यहाँसम्म ल्याएका थियौं । तर, पछिल्ला नेतृत्वहरुले यसलाई अगाडि बढाउनुको साटो झन क्यान भताभुङ्ग पारे,’ पूर्व अध्यक्ष पाण्डेले भने,‘अब क्यानलाई पुन ट्रयाकमा ल्याउने योजनासहित मैले अध्यक्षमा दाबी गरिरहेको छु ।’

नयाँ नेतृत्व चयनको सहि समय भएको पाण्डे बताउँछन् । ‘सरकारले साथ दिन्छु भनिरहेको, मैदानमा खेलाडीले मेहनत गरिरहेका छन् । निजी क्षेत्रले पनि साथ दिइरहँदा क्यानमात्रै अपाङ्ग भएको अवस्था हो,’ उनले भने,‘यो समयमा आएर अध्यक्ष हुन्छु भन्नु मेरा लागि शोकको कुरा होइन । समयको माग हो । नेतृत्व गछौं भन्छन् साथिहरु भविष्यमा के गर्ने भन्ने समेत योजना छैन । मात्रै अहिले क्यानमा कसरी आउने भनेर लागिरहेका छन् ।’

अर्को अध्यक्षका प्रत्यासि तथा तत्कालिन क्यानका निर्वाचित अध्यक्ष चतुर बहादुर चन्द आफ्नो पहिलो योजना र लक्ष्यका रुपमा क्यान निलम्बिन फुकुवा रहेको बताउँदै त्यसपछि तल्लो स्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यमा रहेको बताउँछन् ।

‘अहिले पहिलो कुरा त क्यान निलम्बन फुकुवा नै हो । त्यसपछि क्यानको प्रशासनिक, आर्थिक पारदर्शिताका जस्ता विषयसँगै खेलाडीका लागि खेल्ने वातावरण बनाउँदै अगाडि बढ्छौं,’ चन्दले भने,‘छिमेकी मुलुक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सँग छलफल भइरहेको छ । उहाँहरु नेपाली क्रिकेटको विकासमा सकारात्मक हुनुहुन्छ ।’

क्यान निर्वाचनमा ५९ भोट रहेको छ । जसमा ३९ जिल्ला अध्यक्षसहित २० जना प्रदेशका प्रतिनिधि रहेका छन् । यस्तो अवस्थामा दुई जनाले प्रतिस्पर्धा गरेको खण्डमा जीतका लागि ३० भोटको आवश्यकता रहेको छ ।

प्रदेश नम्बर १ का अध्यक्ष मिङ्मा डुण्डु शेर्पाले पनि क्यानको नेतृत्वका चासो देखाएका छन् । चन्द र पाण्डेबीचको मनमुटाव बढे तेस्रो प्यानलबाट अध्यक्षमा आउन सक्ने सम्भावना रहेको क्रिकेट जानकारहरुको भनाइ छ । क्यान निर्वाचन प्रक्रिया शुक्रबार दिउँसो पौने २ बजे शुरु हुने छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ३ : ४८ बजे

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको