‘दशैं त हामीले चार महिनाअघि नै मनाएको !’ | Khabarhub Khabarhub

‘दशैं त हामीले चार महिनाअघि नै मनाएको !’


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई चार महिनाअघि नै दशैँको रमझमले छोइसकेको थियो । झापा जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा परिचित दोमुखामा जेठमै दशैँको माहोल सिर्जना गरिएको थियो । अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ का लागि दशैँको रमझम क्यामेरामा कैद गर्नुपर्ने थियो ।

फिल्मको धमाधम शूटिङ भइरहेको थियो जेठमा । गाउँमा ओहोरदोहोर गर्नेलाई पनि फिल्म टिमले दशैँको टीका र जमरा लगाइदिएको थियो । ताकि, क्यामेराले सबैलाई दशैँको रंगमा उतार्न भ्याओस् ।

यो फिल्म यतिबेला दशैँको मौका छोपेर रिलिजका क्रममा छ ।

‘हामीलाई त त्यतिबेलै दशैँ आयो झैँ लागेको थियो, दशैँ सम्झँदा कसलाई रमाइलो लाग्दैन र?’ साम्राज्ञीले खबरहबसँगको कुराकानीमा भनिन् ।
केही दिनअघि साम्राज्ञी र अंकित पत्रकार भेटघाटका क्रममा राजधानीमा भेटिएका बेला हामीले कुराकानी गरेका थियौँ ।

छेउमै बसेका अकिंतले पनि थपे, ‘दशैँ आउन त बाँकी थियो, तर आएजस्तै भयो, सानोमा टीका लगाएर जम्मा भएको पैसा गन्दै गरेको याद आयो ।’

फिल्मको छायांकनका लागि दौमुखामा बाँसको पिङ बनाइएको थियो । गाउँका केटाकेटीहरु आउँथे । पिङ हेर्थे । फर्किन्थे । शूटिङका लागि मात्र बनाइएको भएर पनि होला, गाउँका केटाकेटीले पिङ खेल्ने हिम्मत गरेका थिएनन् ।

‘केटाकेटीले पिङ खेल्ने आँट नगरेपछि मैले नै शुरु गरेँ, त्यसपछि बच्चाहरु त दिदी अब मेरो पालो भन्दै आए,’ साम्राज्ञीले हाँस्दै सुनाइन्, ‘त्यसपछि त शूटिङ पनि पिङमय बन्यो नि ।’

तस्वीर– आर्यन बिमली ।

यता अंकित पनि शूटिङका बेला रमाइलो भएको बताए । ‘हुन त हामीलाई कामको पनि उत्तिकै तनाव थियो, धेरै कुराको ख्याल गर्नुपथ्र्यो, तर दशैँको माहोल बन्दा यसै रमाइलो लाग्ने रहेछ,’ अकिंतले थपे ।

उनले शूटिङका बेला त्यहाँ हिँड्ने गाउँलेलाई पनि रातो टीका लगाइँदिदै गरेको स्मरण गरे । ‘अहिले चारैतिर दशैँ आयो, हामीलाई त जेठमै दशैँ आएजस्तो लागिरहेको थियो,’ उनले हाँस्दै सुनाए ।

अंकितको कुरामा आफ्नो कुरा थप्दै साम्राज्ञीले भनिन्, ‘त्यसरी पिङ खेल्दा त मलाई आफ्नो बाल्यकाल फेरि फर्किएजस्तै लाग्यो, हामी पनि सानोमा यसरी नै पालो कुर्दै पिङ खेल्ने गथ्र्यौं ।’

‘नामले नै दशैँ झल्काउने फिल्ममा अरु के छ?,’ हामीले सोध्यौँ ।

साम्राज्ञीले भनिन्, ‘फिल्मले रातो टीकाको महत्त्व कति हुन्छ भन्ने बोलेको छ, हामीले ट्रेलरमा पनि त्यति खुलाएका छैनौँ, किनकि हामीलाई फिल्मको कथा सस्पेन्स राख्नु पनि छ ।’

‘फिल्मको शीर्ष गीत आउनुभन्दा पहिले नै फिल्ममा दशैँको माहोल सेट हुन्छ,’ अकिंतले भने ।

चलचित्रको गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ । फिल्मबाट अंकित र साम्राज्ञी दुवै आशावादी छन् । अंकित यो फिल्मबाट दर्शकको माया पाउनेमा विश्वस्त छन् । फिल्म रिलिज भएपछि दर्शकले दिने प्रतिक्रियालाई सहर्ष स्वीकार्ने उनी बताउँछन् ।

‘आफ्नै होम प्रोडक्सनको फिल्ममा काम गर्दा अलिकति सहज पक्कै भयो, किनकि मैले सजिलै प्लेटफर्म पाएँ,’ अकिंतले सुनाए, ‘प्लेटफर्म मात्र पाएर भएन, फिल्ममा मेरो काम हेरेर दर्शकले मन पराउने हो, दर्शकको मन जित्ने कोशिश गरेको छु ।’

तस्वीर– आर्यन बिमली ।

साम्राज्ञीले पनि यो फिल्म रिलिज भएपछि आफूमा लागेको एउटा आरोपको उत्तर दर्शकले आफै पाउने बताइन् । ‘साम्राज्ञीले गाउँले रोल निभाउँदैन भन्ने फेक न्यूज आएको थियो नि, खै कसले चलायो त्यस्तो हल्ला,’ उनले कुराकानीको सिलसिलामा थपिन्, ‘अब त्यो ¥युमर आउन स्टप हुन्छ भन्ने लाग्छ ।’

यो फिल्ममा साम्राज्ञीले शहरमा पढेर गाउँ फर्किएकी एक युवतीको भूमिका निभाएकी छिन् । जो युवतीले आफ्नै गाउँमा पौरख गर्नुपर्छ भन्ने मान्यता राख्छे ।

‘फिल्ममा मैले निभाएको भूमिका चाहिँ हरेक दर्शकले मन पराउनुहुन्छ भन्ने लाग्छ,’ साम्राज्ञीले सुनाइन्, ‘फिल्ममा प्रयोग गरिएका ठेट शब्द बोल्दा गाह्रो भएको थियो ।’

अकिंतले यो चलचित्रमा अरु सबै अनुभवी भएकाले शुरमा असहज लागे पनि पछि काम गर्दै जाँदै सहज हुँदै गएको बताए ।

‘हो, पहिलो फिल्म भएकाले मलाई चुनौती पनि थियो, मेहनत पनि त्यही अनुसार गर्नुप¥यो, फिटनेसमा पनि ख्याल गर्नुपर्ने थियो,’ अकिंतले अगाडि थपे ।

यता साम्राज्ञीले पनि यो फिल्मबाट आफू आशावादी भएको सुनाइन् । भनिन्, ‘यो वर्ष मैले अभिनय गरेका दुवै फिल्ममा मेरो भूमिका च्यालेन्जिङ नै थियो, ‘मारुनी’ बाट त राम्रो प्रतिक्रिया आयो, यो फिल्मको भूमिका पनि दर्शकले रुचाउनुहुनेछ भन्ने लाग्छ ।’

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १२ : ५४ बजे

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन