भक्तपुरबाट चोरी भएको मोटरसाइकल हेटौंडामा भेटिएपछि... | Khabarhub Khabarhub

भक्तपुरबाट चोरी भएको मोटरसाइकल हेटौंडामा भेटिएपछि…


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राजधानी काठमाडौंमा चोरी हुने मोटरसाइकलहरु तराईंका जिल्लामा लगेर बिक्री हुने गरेको घटना यसअघि नै सार्वजनिक भइसकेको थियो ।

संघीय राजधानी काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी हुने मोटरसाइकलहरु बेला–बेला पूर्वी र पश्चिम तराईंका जिल्लाहरुमा फेला पर्ने गरेका छन् ।

प्रहरीका अनुसार यसरी मोटरसाइकल चोरी गर्नेमा गिरोह नै सक्रिय हुने गरेको छ ।

तर, पछिल्लो समय भने मोटरसाइकल चोरी गर्ने गिरोहभन्दा १ जना व्यक्तिको मात्रै संलग्नता हुने गरेको खुलेको छ ।

मकवानपुर प्रहरीले भक्तपुरको ठिमीमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरेर लैजाँदै गरेका एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार (असोज ७ गते) भक्तपुरको ठिमीमा पार्किङ गरेर राखिएको लु ५४ प ६०९८ नम्बरको मोटरसाइकल चोरी गरेर लैजान लागेका एक युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ घर भएका १८ वर्षी अविनाश चौधरी छन् ।

चौधरी यसअघि पनि मोटरसाइकल चोरीमा संलग्न रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रहरीले चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १२ : ४४ बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी