के तपाईं धुम्रपानको अम्मली हुनुहुन्छ ? धुम्रपान छाड्ने पाँच उपाय | Khabarhub Khabarhub

के तपाईं धुम्रपानको अम्मली हुनुहुन्छ ? धुम्रपान छाड्ने पाँच उपाय


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रत्यक्ष रुपमा धुम्रपानले शरीरलाई हानीण् गर्छ भन्ने थाहा हुँदा हुँदै पनि यसको कुलतमा फसेकालाई धुम्रपान छाड्न निकै ग्राहो हुने गर्दछ ।

चुरोटका प्याकेट देखि विभिन्न सचेतना कार्यक्रममा समेत यसको बेफाइदाबारे उल्लेख भएको हुन्छ तर धुम्रपानका अम्मलीले यसलाई छाड्न सक्दैनन् । यदि तपाईमा पनि धु्रमपानको लत छ भने यसलाई छाड्ने पाँच उपाय यस्ता छन्-

१. मात्रा घटाउदै जाने
यदि तपाई धुम्रपानको लतमा हुनुहुन्छ भने यसलाई बिस्तारै घटाउँदै लैजानुपर्छ । दैनिक १० खिल्लि चुरोट पिउनु हुन्छ भने यसलाई बिस्तारै दैनिक एक एक वटाको संख्यामा घटाउनु पर्छ । यसरी जब तपाई दैनिक एक वा दुई वटा चुरोट पिउने अवस्थामा आइपुग्नु हुन्छ तब कुनै कुनै दिन ग्याप राखि यसलाई छाड्ने प्रयत्न गरे तपाईंले धुम्रपान चटक्कै छाड्न सक्नुहुन्छ ।

२. धुम्रपान गर्ने स्थान नजाने
तपाई धुम्रपान छाड्ने मनस्थितीमा हुनुहुन्छ भने तपाईले चुरोट पिउने स्थानलाई त्याग्नु पर्छ । साथै अन्य कोही चुरोट खाने ब्यक्ति छन् भने पनि उनीहरुबाट समेत तपाई टाढिनुपर्छ । निकोटिनको स्वाद वा यसको गन्धले धुम्रपान छाड्ने मनसाय बनाए पनि आर्कषित गर्छ तसर्थ चुरोट पिउने स्थान र संगतबाट टाढिनु सबैभन्दा राम्रो उपाय हो ।

३. मुख खाली नराख्नुहोस्
धुम्रपानको लत बसेको मानिसलाई केहि फुर्सद वा मुख खाली हुनासाथ चुरोट पिउन मनलाग्छ । त्यसैले जतिबेला तपाईंको मुख खाली हुन्छ तब तपाई केही न केहि खाने वा चपाउने गर्नुहोस् । छुर्पि, चुइगम, अलैची, ल्वाङ वा अरु केहि वस्तु तपाइले मुखमा राखिराख्नु भएको छ भने तपाईलाई चुरोट पिउनु पर्ने मनसायलाई बदल्ने गर्दछ ।

४. दैनिक व्यवहारमा परीवर्तन गर्नहोस्
धुम्रपानको व्यवहारबाट आजित हुनु भएको छ तर छाड्न नसक्ने अवस्थामा हुनुहुन्छ भने तपाई आफ्नो दैनिकिमा परीवर्तन गर्नुहोस् । स्वच्छ हावापानि तथा वातावरण भएको स्थानमा बस्नुहोस् । कोठा वा घरमा चुरोट पिउन छाड्नुहोस् । कोठाका झ्यालहरु खुल्ला राख्नुहोस् । साथै मनपर्ने प्रकारका संगीत सुन्ने बानि बसाउनुहोस् । चुरोट पिउने समयमा आफुलाई ब्यस्त राख्नुहोस् ।

५. धुम्रपान छाड्ने अठोट
धुम्रपान त्याग्ने सोचेर मात्र हुँदैन, यसलाई अठोटका रुपमा प्रण गर्नुपर्छ । आफूसँग भएका लाइटर, एस्ट्रे, सिगरेट होल्डर हरु हटाउनुपर्छ । काम गर्दा आफ्नो मनस्थितीमा धुम्रपानको ख्याल नआउने काम गर्नुहोस् । कम्प्युटरमा ब्यस्त हुने, साथीहरुसंग कुरा गर्ने तथा भोलि के गर्ने त्यसको योजना बनाउनुहोस् । यसले बिस्तारै तपाईको चुरोट पिउने लत त्याग्न मद्दत गर्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : २७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०