फ्रान्समा पनि चल्यो कबड्डी-३ | Khabarhub Khabarhub

फ्रान्समा पनि चल्यो कबड्डी-३


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पेरिस- प्रदर्शनमा आएको पहिलो दिनमै १ करोड भन्दा बढिको व्यापार गर्न सफल चलचित्र “कबड्डी कबड्डी कबड्डी” नेपाल बाहेक बिश्वका विभिन्न देशहरु बसोबास गर्ने नेपालीहरु बिच निकै चर्चामा छ ।

फ्रान्सको राजधानी पेरिसमा पनि यो चलचित्रको गत आइतबार २ वोटा शोहरु देखाइएको थियो ।अन्तरास्ट्रिय कलाकार समाज “इनास फ्रान्स” ले उक्त प्रदर्शनीको आयोजना गरेको थियो ।

दुइ वोटा शो नै हाउसफूल भएर पेरिसमा एउटा नेपाली चलचित्र प्रदर्शन भएको यो पहिलो पटक थियो । इनास फ्रान्सले जानकारी गराए अनुसार पेरिसका नेपाली संघ संस्थाहरुका अध्यक्ष र प्रतिनिधीहरुको पनि बिशेष उपस्थिति रहेको थियो भने बाल-बच्चा सहित स-परिवार नेपाली चलचित्र हेर्न आउने परिवारहरुको उत्तिकै उपस्थिति थियो।

देश विदेशका दर्शकको अपार माया पाइरहेको कबड्डी कबड्डी कबड्डीको सुरुवाती सफलताले नेपाली चलचित्र उद्योगमा नयाँ इतिहास थपिएको छ । चलचित्र क्याप्टेनबाट डेब्यु गरेकी उपासना सिंह ठकुरीको तातो चर्चा चल्न थालेको छ भने दयाह्यंग राई, रिश्मा गुरुङ, विल्सन बिक्रम राई, बुद्धि तामांग, विजय बराल लगाएतका कलाकारहरुको भूमिका छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ०३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन