अनुहारका अनावश्यक रौ हटाउने उत्तम घरेलु विधि यस्तो | Khabarhub Khabarhub

अनुहारका अनावश्यक रौ हटाउने उत्तम घरेलु विधि यस्तो


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सबैलाई सुन्दर बन्न मन पर्छ । सुन्दरताको मुल्यांकन पनि अनुहारबाट नै गरिन्छ । सबैभन्दा पहिले सवैको आँखा पर्ने ठाउँ पनि अनुहार नै हो । त्यसैले अनुहार सफा, सुन्दर र चम्किलो बनाउन जो कोही तल्लिन रहन्छन् ।

कसैको अनुहारमा अनाबश्यक रौं तथा झुसले सुन्दरतालाई कुरुप बनाइदिएको हुन्छ । यस्ता अनावश्यक रौं एकै दिनमा हटाएर चम्किलो र सफा अनुहार बनाउने घरेलु विधिको विषयमा यहाँ जानकारी दिइएको छ ।

सामग्री

काँचो दूध,तर, बेसार,बेसन

बिधि

एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने । पहिले सफासँग मुख धुने अनि यसरी बनाइएको लेपलाई धोएको अनुहारमा पुरै लगाउने ।

अनुहार सुख्खा हुन्जेल राख्ने र पुरै सुकीसकेपछि विस्तारै हातले मसाज गर्दा अनुहारमा भएका कमजोर रौहरुले जरा देखिनै ठाउँ छोड्छ । अन्त्यमा मनतातो पानिले मुख धुने तपाईंले सफा चम्किलो अनुहार पाउनुहुनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : ५४ बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी