यसपाली दशैंसम्म नै फाट्टफुट्ट पानी परिरहने | Khabarhub Khabarhub

यसपाली दशैंसम्म नै फाट्टफुट्ट पानी परिरहने


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यसपालीको दशैं हिले दशैं हुने भएको छ । मनसुनको समय अवधि सकिए पनि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य नसकिँदा यसपालीको दशैं हिले हुने देखिएको हो ।

साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको छ । दुई दिनअघि नेपालको मनसुनको समय अवधि सकिएको हो ।

तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटेरिया’ पूरा हुनुपर्छ, त्यो हुने सम्भावना तत्काल देखिँदैन, मौसमविद् मञ्जु बासीले भने, ‘अझै करिब एक साता मनसुन सक्रिय रहने सम्भावना देखिन्छ । ‘

फाट्टफुट्ट वर्षा भने दशैँसम्म कायम रहने उनको अनुमान छ । यति बेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । केही दिनअघि सरेर उत्तर पुग्दा पनि विविध स्थानमा भारी वर्षा भएको थियो ।

यसरी मनसुनी रेखा यताउता सर्ने गर्दा आसपासका क्षेत्रमा हल्कादेखि भारी वर्षा कायम रहने उनले बताए । यसमा स्थानीय वायुको प्रभावले थप मद्दत पुर्‍याएको छ ।

पूर्वदेखि पश्चिमसम्म नै शुक्रबारसम्म वर्षाको सम्भावना महाशाखाले गरेको छ । बिहीबारसम्म भने सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुने जनाइएको छ ।

शुक्रबार भने मध्य तथा पूर्वका केही स्थानमा भारी वर्षा हुने आकलन महाशाखाले गरेको छ । यस अवधिमा केही भेगमा स्थानीय नदीखोलामा बाढी आउने र पहाडी भेगमा पहिरोको सम्भावना रहेकाले सतर्क रहन भनिएको छ ।

यस्तो छ महाशाखाले जारी गरेको ३ दिने मौसमी अवस्था

असोज ०९ गते (बिहिबार)

दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज १० गते (शुक्रबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभरी सामान्य बदली रहनेछ। पुर्वका थोरै साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ११ गते (शनिबार)

दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : १९ बजे

काश्मिरमा डुङ्गा डुब्दा छ जनाको मृत्यु, कयौँ बेपत्ता

नयाँदिल्ली– काश्मिरमा मंगलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित

लोसपाले छाड्यो मधेश सरकार 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश सरकार छाडेको छ । 

लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि, आईएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने

काठमाडौंऔ- लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबारदेखि राजधानीमा

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

काठमाडौं– सरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक