चितवन जम्मा भएका समर्थकसँग सद्भाव साँटेर मात्रै काठमाडौं फर्किने रविले गरे बाचा | Khabarhub Khabarhub

चितवन जम्मा भएका समर्थकसँग सद्भाव साँटेर मात्रै काठमाडौं फर्किने रविले गरे बाचा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने रिहा भएसँगै आफ्नो रिहाईका लागि आवाज उठाउने सम्पूर्णमा आभार प्रकट गरेका छन् ।

उनले पत्नी निकिता पौडेलको फेसबुकबाट लाइभ गर्दै सम्पूर्ण सहयोगी हातप्रति हृदयदेखि धन्यवाद प्रकट गरेका हुन् ।

उनले अदालतबाट रिहाई हुने वित्तिकै चितवनमा जम्मा भएका सम्पूर्ण समर्थकहरुसँग आजै माया तथा सद्भाव साँटासाँट गर्ने योजना भए पनि भीड सम्हाल्न नसिकेन अवस्थाका कारण सम्बोधन गर्न असमर्थ भएकोमा क्षमा मागेका छन् ।

उनले भेन, ‘ हामी तीनै जनाको रिहाइका लागि गर्नु भएको माया र सद्भावको कदर गर्नेछु, यति धेरै शुभचिन्तक हुँनुहुँदो रहेका छ । अझ बढी जिम्मेवारी भएको छु ।’

उनले सम्मानित अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै अदालतलाई पूर्ण सहयोग रहने बताएका छन् । उनले आफू धरौटीमा रिहा भएको जानकारी दिए । कानूनी प्रावधानमा पूर्ण सहयोग हुने वाचा गरे । केही चित्त नबुझेका कुरामा कानूनीबाटोबाट उपचारको खोजी गर्ने समेत बताएका छन् ।

अदालतको आदेशलाई मनन् गर्दै उनले यस घटनासँग सम्बन्धित कुनै पनि कुरा कार्यक्रममा प्रशारण नगर्ने बताएका छन् । उनले भने, ‘सम्मानित अदालतको सम्मान गर्ने छु । प्रभाव पार्ने छैनौं ।’

उनले भने, ‘अहोरात्र न्यायका लागि आवज उठाउने सम्पूर्णमा अन्तर्मनबाट धन्यवाद दिन चाहान्छु । यो गुन कहिल्यै विर्सन सक्दिन । यो मुस्किलको घडीमा दिनुभएको साथले छाती चौडा राख्नेछु, शिर झुक्न दिने छैन ।’

उनले कानूनी प्रक्रिायहरु पालना गर्नैपर्छ, हामीले पालना गरेका छौं । उनले चितवनमा जम्मा भएका सवै समर्थकलाई मन्चबाट हेर्ने र सम्बोधन गर्ने कार्यक्रम आज सम्भव भएन भोलि पक्कै हुने बताएका छन् ।

उनले चितवन आउनुभएका सम्पूर्ण शुभचिन्तकहरुसँग माया सद्भाव साँटेरमात्र काठमाडौं फर्किने बाँचा समेत गरेका छन् । उनले सवैप्रति अन्तर्मनदेखि धन्यवाद दिँदै सत्यको लागि कहिल्यै नडग्मगाउने बताएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : २३ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध