कान्तिपुरको प्रधानसम्पादकमा पुनः सुधीर शर्मा, वाग्लेले दिए राजीनामा | Khabarhub Khabarhub

कान्तिपुरको प्रधानसम्पादकमा पुनः सुधीर शर्मा, वाग्लेले दिए राजीनामा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली दैनिक पत्रिका कान्तिपुरको प्रधानसम्पादकमा पुनः सुधीर शर्मा नियुक्त भएका छन् । एक वर्ष अगाडि राजीनामा दिएर कान्तिपुरबाट बाहिरिएका शर्मा पुनः प्रधान सम्पादककै रुपमा कान्तिपुर फर्किएका हुन् ।

शर्माको राजीनामा पछि प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका नारायण वाग्लेले भने पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै वाग्लेले कान्तिपुरबाट बिदा लिएको जनाएका छन् ।

कान्तिपुरको प्रधानसम्पादकबाट बिदा लिएका वाग्लेले अबको दिनमा पत्रकारिता र सिर्जनशील लेखनमा सक्रिय रहने जनाएका छन् ।

‘पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लाग बढी श्रेयकर हुने लागेर मैले पेशागत जीवनको आज अर्को महत्वपूर्ण निर्णय गरेको छु । कान्तिपुर दैनिकबाट राजीनामा,’ वाग्लेले फेसबूकमा लेखेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ३६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन