नख्खु बम विस्फोटका मुख्य योजनाकार दोर्जे पक्राउ | Khabarhub Khabarhub

नख्खु बम विस्फोटका मुख्य योजनाकार दोर्जे पक्राउ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा गराइएको बम विस्फोटका मुख्य योजनाकार मानिएका दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त विस्फोटमा संलग्न भएको भनिएका ८ जनामध्ये दोर्जेसहित हालसम्म ७ जना पक्राउ परिसकेका छन्।

घटनामा संलग्न भई फरार रहेका भोजपुरको षडानन्द नगरपालिका–९ का ३३ वर्षीय शेर्पालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध शाखा टेकुले जनाएको छ ।

पक्राउ परेका शेर्पा विप्लव नेतृत्वको नेकपाका युवा संगठन सदस्यसमेत हुन् । नख्खु बम विस्फोटका क्रममा शेर्पाले एनसेल कार्यालयका सेक्युरिटी गार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सिसिटिभी फुटेजमा देखिएको थियो।

नख्खु विस्फोटमा एक जनाको ज्यान गएको थियो भने तीन जना घाइते भएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : १८ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने