गोलभेडाले जोगाउँछ यस्ता पाँच किसिमका क्यान्सर हुनबाट | Khabarhub Khabarhub

गोलभेडाले जोगाउँछ यस्ता पाँच किसिमका क्यान्सर हुनबाट


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोलभेडा हामीले दैनिक भान्सामा प्रयोग गर्दै आएका छौं । तरकारी र अचारका रुपमा प्रयोग गर्दै आएको गोलभेडामा औषधीय गुण हुन्छ भन्ने विषयमा धेरैलाई थाहा नहुन पनि सक्छ ।

गोलभेडा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले एउटा मात्र फाइदा होइन, पाँच विभिन्न किसिमका क्यान्सरबाट बचाउन सहयोग गर्ने अध्ययनले देखाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ एग्रिकल्चरलाई मान्ने हो भने १०० ग्राम टमाटारमा ११० मिलिग्राम क्याल्सियम हुन्छ ।

अनुसन्धानकर्ताले भनेका छन् कि टमाटर धेरै खाँदा क्याल्सियम र भिटामिन हाम्रो शरिरलाई मिल्छ नै त्यसबाहेक प्रोस्टेट, ओभरी, फोक्सो, पेट तथा हड्डीको क्यान्सरबाट बच्न पनि गोलभेडा अर्थात टमाटर फलदायी हुन्छ ।

गोलभेंडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ ।

दैनिक गोलभेंडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुन्छ भने गोलभेडाले पत्थरीको समस्या समेत समाधान गर्न मद्दत पुग्छ ।

त्यस्तै, गोलभेंडा खाँदा यसमा पाइने भिटामिन के का कारणले कपाल बलियो हुन्छ । चमकदार, सिल्की र लामो हुनुका साथै कपाल झर्ने समस्यामा पनि कम गर्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : ५९ बजे

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ