कार्यकर्तालाई आक्रमण गरेको भन्दै कांग्रेसले गर्‍यो विरोध | Khabarhub Khabarhub

कार्यकर्तालाई आक्रमण गरेको भन्दै कांग्रेसले गर्‍यो विरोध


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिका–१० डोकेबजारमा शान्तिपूर्णरुपमा विरोधमा रहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले यही असार १० गते डोकेबजारमा कांग्रेसका २० कार्यकर्तालाई घाइते बनाएको आरोप लगाए।

घटनामा कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–२ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्दलगायत कार्यकर्ता गम्भीर घाइते भएको कांग्रेसले जनाएको छ ।

घाइतेमध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँस्थित न्यूरो अस्पताल, बाँसबारीमा भर्ना गरिएको र बाँकीको कैलालीस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ । कांग्रेसले घटनालाई गम्भीररुपमा लिइ घटनाका दोषीलाई कानूनी कारवाही गर्न र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : ३६ बजे

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री