न्यूजिल्यान्डद्वारा पाकिस्तानसमक्ष २ सय ३८ रनको लक्ष्य | Khabarhub Khabarhub

न्यूजिल्यान्डद्वारा पाकिस्तानसमक्ष २ सय ३८ रनको लक्ष्य


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले पाकिस्तानलाई २ सय ३८ रनको लक्ष्य दिएको छ ।

ब्रमिङघामस्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित पूरा खेल खेल्दै ६ विकेट गुमाएर २ सय ३७ रन बनाएको हो । कमजोर शुरुवात गरेको न्यूजिल्यान्डका लागि जिम्मी निसाम र कोलिन डि ग्रान्डहोमले उत्कृष्ट ब्याटिङ गर्दै पाकिस्तानविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गर्न योगदान गरेका थिए ।

जसमा अविजित रहेका निसामले १ सय १२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ९७ रन बनाएका थिए भने ग्रान्डहोमले १ सय ६ बलमा ६ चौका र १ छक्काको मद्दतमा ६४ रन बनाएका थिए । यस्तै, कप्तान केन विलियमसनले टोलीको ब्याटिङ इनिङ्स सम्हाल्दै ४१ रन बनाएका थिए ।

यता, न्यूजिल्यान्डविरुद्ध पाकिस्तानका बलरहरुले उत्कृष्ट बलिङ गरे । उनीहरुले न्यूजिल्यान्डविरुद्ध शुरुवातदेखि नै दबाब दिएका थिए । पाकिस्तानका लागि साहेन अफ्रिदीले उत्कृष्ट बलिङ गरे । उनले १० ओभर बलिङ गरेर ३ मेडन ओभरसहित २८ रन खर्चेर ३ विकेट लिएका थिए भने सद्दाव खान र मोहम्मद आमिरले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : १४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन