राजधानीमा सिरिन्ज आक्रमणको डरलाग्दो रुप, एक महिनामा ९ घटना | Khabarhub Khabarhub

राजधानीमा सिरिन्ज आक्रमणको डरलाग्दो रुप, एक महिनामा ९ घटना


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बनेपाकी ३४ वर्षीया एक महिला मंगलबार राती साढे ८ बजे दिदीको घरबाट आफ्नो घरतर्फ जाँदै थिइन् ।

छोरीसँग गफिँदै गएकी उनी बाटोमा एकजना महिलासँग ठोक्किइन् । ती महिलासँग ठोक्किँदा उनलाई देव्रे हातमा घोचेको जस्तो महशुस भयो । उनले ‘ऐया दुख्यो ! भनिन् । तर ती महिलाले फर्केर पनि हेरिनन् ।

उनले आफ्नो दाहिने साइडमा रहेकी छोरीलाई हात देखाउँदै भनिन्,‘हेर त छोरी कस्तोसँग ठोक्किएर गइ, सरी पनि भनि न ।’

‘मलाई त्यो महिलासँग ठोक्किँदा केहीले घोचेको महशुस भएपछि ती महिलालाई फर्केर हेरेँ,’ ती महिलाले खबरहबसँग भनिन्, ‘रातो रंगको कुर्था सुरुवाल लगाएकी महिला थिइन्, हात दुबै अगाडिपट्टि थियो, मैले ऐया भन्दा उसले सरी पनि नभनि गएकी थिई ।’

रातिको साढे आठ भइसकेको थियो । अँधेरोमा उनीहरुले त्यो घटनालाई बेवास्ता गर्दै घरतिर लागे । रातभरी उनको देव्रेहात दुख्यो । बिहान उठेर हेर्दा उनी आफ्नै हात देखेर झस्किन् । अघिल्लो दिन ती महिलासँग ठोक्किएको देब्रे हात सुन्निएको थियो । उनको हातले खाना समेत बनाउन मिलेन । किन दुख्यो भनेर मुठि कसेर हेर्दा हातमा सुइले घोचेजस्तो सानो घाउ देखियो ।

बुधबार बिहान छोरीलाई स्कुल पुर्‍याएर दिदीको घरमा गइन् । दिदीले किराले काटेर यस्तो भएको हो कि ? भनेर बनेपा अस्पतालमा जचाँउन लगिन् । बनेपा अस्पतालमा पुगेपछि डाक्टरले उनीहरुलाई सिरिन्ज आक्रमणको आशंका गर्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरे ।

बुधबार दिउँसो टेकु अस्पतालमा आइपुगेका ती महिलालाई अस्पतालले रोग सार्ने नियतले सिरिन्ज आक्रमण भएको हुनसक्ने भन्दै एचआइभी विरुद्धको एन्टि रेक्टो भाइरस (एआरटी)औषधि शुरु गरेको छ ।

‘उहाँको हातमा सुइले घोचेको जस्तो नै देखिन्छ, यो नियतवस नै गरिएको हो,’ टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, ‘उहाँ २४ घण्टा भित्रै अस्पताल आउनुभएकाले उहाँलाई २८ दिनको लागि एचआइभी विरुद्धको औषधि खान सल्लाह दिएका छौं । यदि एचआइभी सार्ने नियतले सुइ घोचिएको रहेछ भने पनि यो औषधि २८ दिन खादा एचआइभी सर्दैन ।’

बनेपाकी ३४ वर्षीया महिलाले आफूलाई सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीमा उजुरी पनि दिएकी छन् ।

एक महिनामा ९ घटना, प्रहरीमा ६ उजुरी

यस्तै प्रकृत्तिको घटना लिएर पछिल्लो एक महिनामा टेकु अस्पतालमा उनीसहित ९ जना आइसकेका छन् । केही दिनको फरकमा काठमाडौंका विभिन्न स्थानमा सिरिन्ज आक्रमण भएको भन्दै महिलाहरु अस्पतालमा आउन थालेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

‘जेठ महिनादेखि काठमाडौंमा यो घटना आइरहेको छ । ४ वटा घटना आएपछि सञ्चारमाध्ययमहरुमा समाचार आयो, त्यसमा प्रहरीले अनुसन्धान गरीरहेको छ,’ डा पुनले भने,‘ती चारवटा घटनाको अनुसन्धान पूरा नहुँदै फेरि लगातार ५ वटा घटना आइसकेको छ ।’
आफूमाथि शंकास्पद वस्तुले आक्रमण भएको भन्दै टेकु अस्पताल आएका ९ जनामध्ये ६ जनाले प्रहरीमा उजुरी दिएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले बुधबार (असार ११ गते) सम्ममा सो प्रकृतिको घटनाको ६ वटा उजुरी दर्ता भएको बताए । काठमाडौंमा युवतीहरुमाथि लगतार यस्तो प्रकृतिको घटना भएपनि प्रहरीले घटनाको विषयमा गम्भिर रुपमा अनुसन्धान गरीरहेको डिएसपी बोगटीको भनाइ छ ।

‘अहिलेसम्म ६ वटा उजुरी परिसकेको छ, हामीले विषेश प्राथमिकता दिएर आक्रमण गर्ने व्यक्तिलाई खोजी गर्ने काम गरीरहेका छौं,’ डिएसपी बोगटीले खबरहबसँग भने, ‘यही घटनाको विषयमा विशेष अनुसन्धानका लागि २० जना प्रहरी खटिनुभएको छ ।’

सिरिन्ज आक्रमण नै हो त ?

सिरिन्ज आक्रमण भएको भन्दै युवतीहरुले प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाको विषयमा गम्भिर रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । बुधबार आएकी महिलाको घटना सिरिन्ज आक्रमण भएको हुनसक्ने भएपछि अन्य ८ जना महिलाको भने सिरिन्ज आक्रमण नभएको डा पुन बताउँछन् ।

‘अस्पताल आएकी युवतीहरुले बाइकमा आएको व्यक्तिले आक्रमण गरेको भनेका छन्, तर सुइले घोच्दा घाउ ठूलो नहुनुपर्ने, रोग सार्ने नियतले त शरीरको जुनसुकै भागमा पनि सुइले घोच्न सक्थे,’ डा पुनले भने, ‘यसअघि अस्पतालमा आएका ८ जना युवतीहरुको शरीरको पनि पेट, पिडुला हिप, छातीको भागमा आक्रमण गरेको देखिन्छ । यो घटना सिरिन्ज आक्रमण होइन कि भन्ने लाग्छ ।’

सिरिन्ज भन्दा पनि घाइते बनाउने नियतले आक्रमण गरिएको पनि हुनसक्ने डा पुन बताउँछन् ।

श्रृंखलाबद्ध रुपमा आक्रमणमा परेका ८ जना महिला एकसाता भन्दा बढी समयपछि मात्रै अस्पतालमा आइपुगेका थिए । आक्रमणमा परि अस्पतालमा आएका सबै महिलाहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा पुन बताउँछन् । रोग सार्ने नियतले उनीहरुमाथि आक्रमण भएको भए २ वा ३ महिनामा उनीहरुमा सो रोग देखिनसक्ने डा पुन बताउँछन् ।

महानगरीय प्रहरी परिसर टेकुका डीएपी बोगटीले चिकित्सकहरुले नै असार ११ गते भन्दा अघिका घटनाहरुमा सिरिन्ज आक्रमण नभएको हुनसक्ने बताएकाले घटना शंकास्पद नै रहेको बताए । ‘डाक्टरहरुले नै सिरिन्ज आक्रमण होइन कि भन्नुभएको छ, हामीले विभिन्न तरिकाबाट आक्रमण गर्नेको खोजी गरिरहेका छौं ।’

सबै आक्रमणका घटनाहरु रातिको समयमा भएकाले बाटोमा हिड्दा सजक भएर हिड्न पनि प्ररहीले सचेत गराएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : ४० बजे

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्