भारतीय महिलाले नक्कली तस्वीर पेश गरी सगरमाथा चढेको प्रमाणपत्र लिएको खुलासा | Khabarhub Khabarhub

भारतीय महिलाले नक्कली तस्वीर पेश गरी सगरमाथा चढेको प्रमाणपत्र लिएको खुलासा


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय एक महिलाले नक्कली प्रमाण पेश गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिएको खुलासा भएको छ ।

भारतको जम्मु कश्मीर राज्यकी नाहिदा मन्जुरले सगरमाथाको शिखर पुगेकी अर्कै भारतीय महिलाको तस्बीर सम्पादन गरी आफूले सगरमाथा आरोहण गरेको दाबीसहित नेपाल सरकारबाट प्रमाणपत्र लिएको खुलासा भएको हो ।

उनले आफू सगरमाथाको शिखरमा पुग्ने पहिलो कश्मीरी महिला भएको दाबी गरेकी थिइन् । तर, मुमिन मुस्ताकले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बीर अनुसार नाहिदाले अर्की भारतीय महिला भावना डेरियाले सगरमाथा आरोहण गरेको तस्बीर फोटोसप गरी आफूले नै सगरमाथा आरोहण गरेजस्तो बनाएर नेपाल सरकारसँग सगरमाथा आरोहणको प्रमाणपत्र लिएको देखिएको छ । भारत मध्यप्रदेशकी भावनाले गत मे २२ का दिन सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

यसअघि भारतीय आरोहीहरु विकास राना, शोभा बनवाला र अंकुश कशानाको टोलीले सगरमाथाको क्याम्प ३ सम्म पुगेपनि यस्तै तस्बीर सम्पादन गरी आफूहरु सगरमाथाको शिखरमा पुगेको भनी प्रमाण देखाएर नेपाल सरकारबाट प्रमाणपत्र लिन खोजेका थिए । तैपनि आरोहण कम्पनीले उनीहरु सगरमाथाको शिखरमा नपुगेको जनाएपछि प्रमाणपत्र लिन भने पाएका थिएनन् ।

नेपाल सरकारको प्राबधान अनुसार सगरमाथा आरोहण गरेको तस्बीरमा आरोहण कम्पनीको छाप भएको हुनुपर्ने, टिम लिडरको प्रतिवेदन, सगरमाथा सम्पर्क कार्यालयको प्रमाणीकरण र आरोहण कम्पनीको लेटरप्याडमा आरोहीलाई प्रमाणपत्र दिनू भनी सिफारिसपछि मात्र नेपाल सरकारले सगरमाथा आरोहण गरेको प्रमाणपत्र दिने गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : १२ बजे

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले