सुनको मूर्ति भन्दै ठगी गर्ने पक्राउ | Khabarhub Khabarhub

सुनको मूर्ति भन्दै ठगी गर्ने पक्राउ


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुद्धको सुनको मूर्ति भन्दै सर्वसाधारणलाई ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरिय प्रहरी बृत्त बलाजुले बुद्धको सुनको मूर्ति भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो । गोर्खा दरबारको आठ किलोको बुद्धको सुनको मूर्ति भन्दै साठी लाखमा बार्गेनिङ गरिहरेका चार जनालाई बालाजु बृत्तले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीको विषेश टोलीले गोर्खा दरबारको आठ किलोको बुद्धको सुनको मूर्ति भन्दै बार्गेनिङ गरिहरेका चार जनालाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख उत्तम सुवेदीले बताए । यो गिरोहको संलग्नता कताकता छ भनेर थप अनुसन्धान गरिरहेको पनि सुवेदीले बताए ।

पक्राउ पर्नेमा रामेछाप मन्थलीका बसन्त श्रेष्ठ, बर्दिबास ८, महोत्तरीका अनिल बानियाँ, भिमेश्वर १ दोलखाका रामराज सिबाकोटी र माज्कोट–२ तनहुँका मीन बहादुर कुँवर छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : ०८ बजे

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको