श्रीमान श्रीमतीको झगडाले सुनसरीमा गाउँपालिका घेराउदेखि चक्काजामसम्म! | Khabarhub Khabarhub

श्रीमान श्रीमतीको झगडाले सुनसरीमा गाउँपालिका घेराउदेखि चक्काजामसम्म!


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– घरमा श्रीमान–श्रीमतीबीच भएको झगडाको विषयलाई सुनसरीमा स्थानीयहरु आन्दोलित बनेका छन् । श्रीमानले श्रीमतीलाई घर निकाला गरेपछि पीडित महिलालाई न्याय दिलाउन माग राख्दै स्थानीयले सुनसरीको गढी गाउँपालिकाको कार्यालय घेराउदेखि सडकमा चक्का जामसम्म गरेका हुन् ।

सोमबार स्थानीयले इनरुवा–दुहवी सडक बन्द गरी गाउँपालिका कार्यालयले घेराऊ गरे । गढी गाउँपालिका घेराउ गर्न पुगेका गढी-६ का स्थानीयहरुले न्यायीक समितिमा ६ महिनादेखि दिएको उजुरीमा पीडित महिलालाई न्याय नदिएको आरोप लगाएका छन् ।

गाउँपालिकाका अध्यक्ष, न्यायीक समिति संयोजक तथा उपाध्यक्ष राजकुमारी चौधरीले उल्टै पीडित महिलामाथि हप्की–दप्की गरी दुःख दिएको स्थानीयको आरोप छ । सप्तरी कञ्चनरुप नगरपालिका वदगामा माइती घर भएकी सिन्कुकुमारी यादव खड्गालाई उनका श्रीमान विरेन्द्र यादवले एक वर्ष अगाडि ससुरालीबाट दाइजो थोरै ल्याएको निहुँमा घर निकाला गरिदिएका थिए ।

श्रीमानले घरबाट निकालेपछि पीडित बनेकी सिन्कुकुमारीले न्यायको लागि गाउँपालिकामा उजुरी दिएकी थिइन् । न्यायका लागि गाउँपालिकाको न्यायीक समितिमा उजुरी दिएकी उनले न्याय पाउने आशामा झण्डै एक वर्ष बिताइन् । गाउँपालिकाले घर र माइती पक्षकालाई झिकाई न्याय दिलाउने आश्वासन दिँदै आएको भएपनि अन्त्यमा गाउँपालिकाका अध्यक्षले पीडित महिलालाई अब यो केश लिएर नआउनु भन्दै माइतीमा गएर बस्नु भनेपछि स्थानीयले पीडित महिलाको न्यायका लागि सडकमा उत्रिएका बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : ३६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न