प्रधानमन्त्री ओलीका तीन विकल्प | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीका तीन विकल्प


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी ओली ‘अलमल’ मा परेका छन्। सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिब सहमत’ देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा छलफलमा जुटेको बालुवाटार स्रोतले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

केही समययता प्रधानमन्त्री ओली सरकार पुनर्गठनको तयारीमा छन्। तर, उनी पुनर्गठन के आधारमा कसरी गर्ने भन्नेमा टुंगोमा पुगिसकेका छैनन्। उनकै सचिवालयका एक सदस्यका अनुसार यसका लागि प्रधानमन्त्री ओली आफूनिकट नेतासँग आन्तरिक परामर्शमा छन्। ‘प्रधानमन्त्री टुंगोमा पुगिसक्नुभएको त छैन,’ ती सदस्यले भने, ‘तर प्रधानमन्त्रीले तीन विकल्पमा छलफल थाल्नुभएको छ।’

प्रधानमन्त्रीले मन्त्रिमण्डलमा रहेर प्रभावकारी काम देखाउन नसकेका मन्त्रीलाई बिदाइ गरी तिनका ठाउँमा नयाँ नियुक्त गर्ने विकल्पमा छलफल चलाएका छन्। यस्तै सबै मन्त्रीलाई एकमुष्ट बिदाइ गरेर पूरै नयाँ टिम लिई अगाडि बढ्ने उनको दोस्रो विकल्प छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा मात्र नियुक्ति गरी अरू अहिलेकै मन्त्रीबाटै चलाउने विकल्पमा पनि उनले निकटस्थहरूसँग परामर्श गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले यी विकल्पबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिसकेका छन्। दाहालले तेस्रो विकल्पभन्दा पहिलो र दोस्रो विकल्पमध्ये जुन रोजे पनि स्वेच्छिक निर्णय लिन ओलीलाई सुझाएका छन्। ‘मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ। छिट्टै पुनर्गठन हुन्छ,’ दाहालले गत साता पोखरा पुगेर भनेका थिए, ‘तर यो प्रधानमन्त्रीको अधिकार क्षेत्रको विषय हो। उहाँ (प्रधानमन्त्री) आफूलाई सहज हुने गरी निर्णयमा पुग्नुहुन्छ।’

ओली तीनमध्ये कुनै विकल्पमा पनि टुंगोमा पुगिसकेका छैनन्। तर उनी दुवै सदनबाट बजेट पारित भएलगत्तै मन्त्रिमण्डलमा हेरफेर गर्ने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए। आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभाबाट १२ र प्रतिनिधिसभाबाट १३ गते पारित गर्ने कार्यसूची छ। प्रधानमन्त्रीले असार तेस्रो सातासम्म ‘क्याबिनेट मन्त्री’ हरूलाई आफ्नो ‘वार्षिक कार्यप्रगति’ विवरण बुझाउन निर्देशन दिइसकेका छन्। कार्यप्रगति हेरेर उनले ठोस निर्णय लिन सक्ने सम्भावना पनि छ।

त्यसो त प्रधानमन्त्रीकै सल्लाहकारले जनताको अपेक्षाअनुसार सरकारले डेलिभरी दिन नसकेको अभिव्यक्ति सार्वजनिक गरेपछि मन्त्रीको कार्य सम्पादनप्रति ओली असन्तुष्ट रहेको विश्लेषण गरिएको छ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले मंगलबार सामाजिक सञ्जालमा जनताको अपेक्षाअनुसार सरकारको डेलिभरी हुन नसकेको स्वीकार मात्र गरेका छैनन्, जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्ट्याउने नभए सरकारविरुद्ध प्रयोग गर्ने योजनामा भित्रबाहिरका शक्ति सक्रिय रहेको लेखेका छन्।

त्यस्तै पत्रिकाले बिरामीलाई उपचारका लागि समस्या परेको खबर छापेको छ । अहिले बिरामीले सरकारी अस्पतालमा सीट हुँदैन भने निजी क्षेत्रका बिरामीले पैसा तिर्न सक्ने अवस्था पनि रहन्न ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ५६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका