विमान कम्पनीको १ अर्ब बक्यौता उठाउन बाँकी, सबैभन्दा बढी नेपाल एयरलाइन्सकै | Khabarhub Khabarhub

विमान कम्पनीको १ अर्ब बक्यौता उठाउन बाँकी, सबैभन्दा बढी नेपाल एयरलाइन्सकै


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले हवाइ कम्पनीबाट विभिन्न प्रकारको गरी करिब १ अर्ब रुपैयाँ राजश्व (सेवा शुल्क) उठान बाँकी रहेको एक अध्ययन देखाएको छ ।

संसदीय समितिको निर्देशन पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनबाट स्वदेशी र विदेशी गरी ६८ वटा हवाइ (विमान) कम्पनीले १ अर्ब रुपैयाँ बराबरको राजश्व बुझाएका छैनन् ।

विमान कम्पनीहरुले ल्याण्डिङ, पार्किङ, एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विकास शुल्क, कोठा भाडा लगायत सेवा उपोभोग गरे बापतको शुल्क नुबझाएको प्राधिकरणका प्रवक्ता त्रिलोचन पौड्यालले जानकराी दिए ।

हाल प्रधिकारणसँग २ सय २९ एयरलाइन्स कम्पनीहरु जोडिएर काम गरिरहेका छन् । प्राधिकरणले संचालनमा रहेकै यी कम्पनीहरुवाट करिब १ अर्ब रुपैयाँ उठाउन बाँकी रहेको छ ।

प्रधिकरणको प्रतिवेदन अनुसार नेपालमा संचालनमा रहेका र बन्द भइसकेका ६८ वटा वायुसेवा कम्पनीबाट १ अर्ब ८ करोड १७ लाख ८४ हजार २१६ रुपैयाँ उठाउन बाँकी रहेको छ ।

‘लामो समयदेखिको बक्यौता तिर्न बाकी देखिन्छ, कतिपय कम्पनीले त २० वर्षदेखिको बक्यौता पनि तिरेका छैनन्,’ प्रवक्ता पौड्याल भन्छन्, ‘कतिपय कम्पनीको नाम–ठेगाना नै हराइ सकेको छ । यद्यपि हामी छानबिन भने गरिरहेका छौं ।’

बक्यौता तिर्न बाँकी भएपनि अहिले सम्पर्कमा नरहेका विदेशी विमान कम्पनीका एजेन्टमार्फत पत्राचार गर्ने काम भइरहेको पौड्यालले बताए । ‘हामीले अहिले सवैलाई पत्रचार गरिरहेका छौ,’ पौड्यालले भने, ‘सम्र्पकमा नआउने र बक्यौतामा नबुझाउनेलाई अब कालो सूचीमा राखिन्छ ।’

प्रधिकरणले तोकिएको समयमा बक्यौता नबुझाउनेलाई पहिलो चरणमा कालो सूचीमा राख्ने गर्छ । कालो सूचीमा राखिएका कम्पनीले बक्यौता नतिरे कानूनी प्रक्रिया अगाडि बढाइने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको तथ्याङ्क हेर्दा सबैभन्दा बढी बक्यौता नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको छ । वायुसेवा निगमले प्राधिकरणलाई २२ करोड रुपैयाँ तिर्न बाँकी छ । यस्तै, मलेसियाली विमान कम्पनी एयर एसियाले प्राधिकरणले १९ करोड रुपैयाँ बक्यौता तिरेको छैन ।

नेपाली विमान कम्पनी हिमालयन एयरलाइन्सले पनि १५ करोड बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

कुन कम्पनीको कति बक्यौता ?

क्र.स वायुसेवा कम्पनीको नाम बक्यौता रकम (रु.)
एयर एशिया 192417390.1
एयर चाइना 160793.85
एयर इन्डिया 49108336.63
चाइना इस्टर्न एयरलाइन्स 68294935.56
कस्मिक एयर 33312906.68
हिमालयन एयरलाइन्स 152104149.4
किङफीसर एयरलाइन्स 111597562.8
मलेसियन एयरलाइन्स 28546656.57
नेकोन एयरलाइन्स 46358053.12
१० नेपाल वायुसेवा निगम 226192823.2
११ सिचुआन एयरलाइन्स 16317716
१२ एयर काष्ठमण्डप 329284.68
१३ एयर नेपाल 78897.57
१४ एयर सहारा जेट लाइन 3478126.47
१५ अल्पाइन एयर 72728.95
१६ अस्ट्रियन एयरलाइन्स 436000.63
१७ वहराइन एयरलाइन्स 2463371.11
१८ भुटान एयरलाइन्स 3280303.02
१९ बुद्ध एयर (अन्तर्राष्ट्रिय) 4412432.48
२० चाइना सदर्न 6439713.2
२१ कोलोसस एयर 57750
२२ फ्लाइ दुवई 6683988.18
२३ इतेहाद 9703642.79
२४ गोर्खा एयरलाइन्स 657545.99
२५ गल्फ एयर 22213054.43
२६ हेलि एभरेष्ट 110636.87
२७ हिमालयन हेलिकोप्टर 61518.67
२८ हङकङ ड्रागन एयरलाइन्स 5181132.88
२९ जेट एयरवेज 5308605.88
३० कर्णाली एयर 1664056.42
३१ कोरियन एयर 34668.52
३२ लुफ्थान्सा एयर 1063644.64
३३ मालिन्दो एयर 917344.01
३४ मनाङ एयर 285436.51
३५ माउन्टेन एयर 52281.25
३६ माउन्टेन हेलिकोप्टर 63812.84
३७ मुक्ति एयरलाइन्स 26016.08
३८ नेपाल एयरवेज 1179320.2
३९ ओमान एयर 3856182.45
४० पाकिस्तान एयरलाइन्स 2684238.14
४१ प्रभु हेलिकोप्टर 38694.64
४२ कतार एयरवेज 5335368.87
४३ रक एयरवेज 183772.77
४४ रिजेन्ट एयरवेज 1122170.26
४५ रोयल भुटान एयरलाइन्स 246033.52
४६ सलाम एयर 725763.07
४७ साङ्ग्रिला एयर 237944.83
४८ सौर्य एयरलाइन्स 28419337.74
४९ सिल्क एयर 154670.27
५० सिम्रीक एयर 138187.58
५१ सिम्रीक एयरलाइन्स 8719549.37
५२ सिंगापुर एयरलाइन्स 558128.19
५३ सिता एयर 2478566.46
५४ स्काइलाइन एयरवेज 733280.3
५५ स्पाइस जेट एयरलाइन्स 115878.6
५६ समीट एयरलाइन्स 792819.31
५७ तारा एयर 1346035.26
५८ थाइ एयरवेज इन्टरनेशनल 6141848.96
५९ थाइ लायन एयर 7011391.79
६० तिब्बत एयरलाइन्स 139809.61
६१ तुइ एयरलाइन्स 958498.71
६२ टर्कीस एयरलाइन्स 6871950.72
६३ युनाइटेड एयरवेज 110085.3
६४ वातानिया एयरवेज 794531.84
६५ समिट हेलिकोप्टर (फिस्टेल हेलिकोप्टर) 829446.23
६६ गरुड एयर 27440.4
६७ जिएमजी एयरलाइन्स 159101.47
६८ वर्मा एयरवेज 186850.86
जम्मा 1081784216

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  २ : ४२ बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा