सगरमाथामा यसकारण हुन्छ ‘ट्राफिक जाम’ | Khabarhub Khabarhub

सगरमाथामा यसकारण हुन्छ ‘ट्राफिक जाम’


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्नु जो कोहीको सपना हुन्छ । निकै जोखिमपूर्ण यात्रापछि संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथामा पुग्न सकिन्छ ।

तर, विश्वको सर्वोच्च शिखर र त्यसमा पनि कष्ठकर यात्रा गर्नका लागि सगरमाथा पुग्नेको संख्या भने कम छैन । जसका कारण सगरमाथामा जाम नै परेको समाचार र फोटोहरु बाहिरएका छन् ।

आरोहणका क्रममा १० जनाको मृत्यु

सगरमाथा आरोहणका क्रममा यो सिजन १० जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो पटक सगरमाथाको चुचुरोमा पुगेर फर्केने क्रममा शनिवार एक बेलायती नागरिक र त्यसको एक दिन अगाडि शुक्रबार आयरल्याण्डका नागरिकको मृत्यु भएको थियो । पछिल्लो हप्तामा मात्रै भारतका चार, नेपाल, अस्ट्रेलिया र अमेरिकाका एक–एक पर्वतारोहीको मृत्यु भएको छ ।

आखिर किन बढ्यो त सगरमाथामा जाम ?

सडकमा सवारी जाम हुने समाचार नयाँ र कसैका लागि पनि नौलो होइन । तर विश्वको सर्वोच्च शिखरमा जाम भएको विषय भने निकै आश्चर्य लाग्ने खालको भएको भन्दै केही दिन अघि समाचारहरु बाहिरिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि यो समाचारलाई निकै प्राथमिकता र चासोका साथ प्रकाशन गरेका थिए ।

यो सिजनमा सगरमाथा आरोहण गर्ने आरोहीको भीड बढ्दा ट्राफिक जामको अवस्था सिर्जना हुन पुगेको छ । हिमाल आरोहीको मृत्यु हुने क्रम बढेसँगै पर्वतारोही निर्मल पुर्जाले खिचेको सगरमाथाको जामको एक तस्वीरलाई लिएर यति बेला विश्वको ध्यान तानेको छ ।

यो वर्ष नेपाल सरकारले ३ सय ८१ आरोहण दललाई सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरेको छ । उनीहरुबाट ११ हजार डलरको दरले अनुमति शुल्क लिइएको छ ।

एउटै सिजनमा यति धेरै अनुमति प्रदान गरेकोप्रति आलोचना शुरु भएको छ ।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार सगरमाथामा यस किसिमको भीड प्राय भइरहने गर्छ ।

लामो लाइनका कारण पर्वतारोहीले २० मिनेटदेखि डेढ घण्टासम्म पर्खनु पर्ने बाध्यता रहेको उनले बताए ।

हिमाल आरोहणका लागि आरोहीहरु अनुकुल मौसमको पर्खाइमा रहेका हुन्छन् । प्रतिकुल मौसमका कारण हिमाल आरोहणमा बाधा पुग्ने भएकाले आरोहीहरु मौसम सफा हुने बित्तिकै आरोहणमा लाग्न लागि कुरिरहेका हुन्छन् ।

मौसम सफा हुने वित्तिकै एकपटक आरोहीहरु सगमाथा चढ्न शुरु गर्ने भएका कारण सगरमाथामा जाम परेको हो ।

हिमाल आरोहणको सिजनमा प्राय आरोहीहरुको यस किसिमको भीड तथा लाइन लाग्ने गरेको स्थानीय गाइडहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १२ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०