साप्ताहिक राशिफल (जेठ १२ देखि १८ गतेसम्म) | Khabarhub Khabarhub

साप्ताहिक राशिफल (जेठ १२ देखि १८ गतेसम्म)


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको जन्मकुण्डली, उसको फलादेश लगायत विभिन्न भविष्यवाणी जन्म समयलाई आधार मानेर गरिन्छ । उसको राशि पनि जन्म समयबाटै निर्धारण गरिन्छ । कुनै पनि व्यक्तिको जन्म समय ठिक छ भने ज्योतिष शास्त्रबाट गरिने उसको फलादेश पनि मिन्छ । ‘एस्ट्रो राज’ले गर्नुभएको साप्ताहिक (जेठ १२ देखि १८ गतेसम्म) को राशिफल यसप्रकार छ :

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

जोखिमपूर्ण चुनौतीको सामना गर्नुपर्ने योग छ । बोलीमा ध्यान दिनुहोला । साताको पहिलो दिन तपाईको राम्रो देखिदैन । राजनैतिक कार्यमा बाधा आउनेछ । मनमा चञ्चलता । अचल सम्पत्तिको कारोबार गर्दा शुभ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला। त्यसपछि अध्ययनमा सुधार आउँला । पारिवारिक साथ र सहयोग मिल्नेछ । सोमबार र मंगलबार तपाइका लागि मध्यम देखिन्छ । गणेश भगवानको पूजा गर्नुहोला । ईष्या गर्नेहरूलाई पुरुषार्थी काम गरेर देखाउन सकिनेछ । अप्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्यारउनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । बुधबार र विहीबार सवैभन्दा राम्रो छ । मिष्ठान भोजनको अवसर मिल्नेछ । वैदेशिक यात्रा सुख रहने देखिन्छ । आफन्तको राम्रै साथ सहयोग मिल्नेछ । आटेको काम बन्ने, मनले चिताएको पूरा होला । शुक्रबार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थयमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरुको कुरामा चाडो विश्वास नगर्दा राम्रो ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । यो साता तपाईको मध्यम छ । बुधबार र विहीबार तपाईका लागि राम्रो देखिन्छ । तपाइले चालेका योजनामा क्रमिश सुधार आएको आभास हुनेछ । शुक्रबारको दिन पनि सन्तोषजनक नै बित्नेछ । शनिबार सवैभन्दा उत्तम दिन छ । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला। मन खिन्न रहे पनि सप्ताहन्तमा पुनः उत्साह जाग्नेछ । अधिकार प्राप्तिका अथक प्रयास गर्नुपर्ने छ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । साताको शुरु र अन्त्य तपाईका लागि शुभ रहने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्ने छ । दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । बोलीमा प्रभाव नदेखिएला । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह हुनसक्छ । समग्रमा यो साता सुखद् नै हुने योग छ । तपाईको यो साताको पहिलो तीन दिन तुलनात्मक रुपमा राम्रो नदेखिए पनि त्यसपछिका चार दिन भने उत्तम रहनेछन् । नाम र दाम दुवै कमाउने योग छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै रुची रहेपनि त्यो दीगो बन्नेछ । सिर्जनात्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । व्यापार व्यावसायमा सन्तुष्टि प्राप्त हुने योग छ । यात्रा रमाइलो बन्नेछ । छोटो दूरीको यात्रा तय गर्दा राम्रो । सामाजिक सम्बन्धहरुमा सामिप्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । चाँडै अरुको विश्वास नगरिहाल्नुहोला । पारिवारिक साथ-सहयोग मिल्ने छ । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनु उत्तम । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

प्रेम सम्बन्ध कसिलो होला । आँटेका काममा सफलता मिल्नेछ । बोलिमा प्रभाव रहला । अध्ययन अध्यापनमा रुची बढ्ने छ । धार्मिक कुरामा बढी रुची रहला । साताको शुरुदेखि बुधबारसम्म तपाईको राम्रो छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यबाट सफलता मिल्नेछ । छोटो दूरीको यात्राको योग छ । साहित्य तथा संगीत क्षेत्रमा रुची बढ्ला । अध्यात्म तथा धार्मिक क्षेत्रमा चासो बढी देखिनेछ । प्रेम सम्बन्धमा भने विभिन्न शंका उपशंका उब्जिनेछन् । समयमै सचेत बन्नुहोला । विहीबार र शुक्रबार दुई दिन तपाइका लागि त्यति साम्रो समय देखिदैन । काममा व्यवधान आउँदा । मनामा शंका उब्जिेनेछन् । स्वास्थ्यमा सामान्य गडबडी आउन सक्ने छ । साताको अन्तिम दिन भने तपाइको राम्रो देखिनेछ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहf]ला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ ।

सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । यात्रामा सावधानी अपनाउनु होला । बोलीको प्रभाव पनि बढ्नेछ । समाजसेवा तथा राजनितिमा बढी रुचि जाग्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आयका स्रोतहरु बढ्ने देखिन्छ । लामो तथा छोटो दूरीको यात्रामा समय खर्चनुपर्नेछ । घरेलु काममा अलमलिँदा महत्वपूर्ण कार्य ओझेलमा पर्न सक्छ । अनुसन्धानात्मक क्षेत्रमा बढी रुची जाग्नेछ । विहीबारको दिन राम्रो देखिदैन, मनमा अनेक तर्क वितर्कको अन्तर्संघर्ष देखिनेछ । जबर्जस्ती कामहरु थाल्नुभयो भने बीचमै रोकिनेछन् । शुक्रबार र शनिबार भने सुखद् देखिन्छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । मान, प्रतिष्ठा र ईज्जत कमाउनुहुनेछ । प्रेम सम्बन्धमा पनि सुधार आउने छ । अनावश्यक खर्च भने बढ्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)

बोलीमा प्रभाव रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । धार्मिक यात्राको योग छ । मित्रजनको साथ मिल्ने छ । मन प्रफुल्लित । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईंको आलोचना गर्न छाडेका छैनन । जोडी नम्बरको सवारी साधन तथा रातो रंगको पहिरनले यात्रा सहज बनाउने देखिन्छ । साताको शुरु र अन्तको तपाइका लागि मध्यम देखिन्छ । सोमबार स्वास्थ्यमा गडबडी देखिएला । शुरु गरेका कामहरु सम्पादन गर्न समय लाग्नेछ, ज्यानमा आलस्यता उब्जिने छ । सहयोग भन्दा पनि आश्वासन बढी पाइएला । गोप्य कुराहरु आफन्तलाई पनि नसुनाउँदा राम्रो । मंगलबार र बुधबार राजनीतिमा रुची जाग्नेछ । विहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रबारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ला । मन प्रशन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । समग्रमा तपाईका लागि यो साता रमाइलोसाथ वित्ने देखिन्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साताको अन्त तपाईका लागि राम्रो देखिदैन । साताको शुरु दाम्पत्य जीवन सुखमय रहला । मनमा शान्ति छाउनेछ । सोमबारदेखि शुक्रबारसम्म रोकिएका कामहरु बन्ने सम्भावना देखिन्छ । बोलीमा प्रभाव रहने छ । आफन्तबाट पनि सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । गरिरहेका कामबाट सन्तुष्टि मिल्नेछ । यात्रा पनि फलदायी बन्नेछ । घरायरि सुख सुबिधाले तपाईलाई प्रफूल्लित बनाउने छ । आर्थिक क्षेत्रमा सफलता मिल्ने योग । महिला साथीबाट धोका होला । आलोचना गर्नेहरूले स-साना त्रुटि औंल्याइदिँदा आफू अझ उचाइमा पुगिनेछ । सूर्यको आराधनाले भयमुक्त हुन सहयोग पुर्याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुपर्नेछ । अरु दिन भने तपाईका लागि मध्ययम रहने छन् । साताको अन्तिम दिन खर्चको योग बढी देखिन्छ । अविश्वासको वातावरण बन्नेछ । कुनै आरोप समेत लाग्नेछ । तपाईले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्था समेत सिर्जना हुने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ । यो साता तपाईका लागि औसत रहनेछ । चुनौतीको सामना गर्दा प्रतिफल हात लाग्ला । आजको दिन शुभ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । नयाँ काममा लगानी गर्दा अभिभावकहरूको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । चियोचर्चा गर्नेहरूरसँग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना छ । आइतबार र सोमबार रमाईलो भेटघाट हुने तथा स्वादिi6 भोजनको अवसर जुर्ला । त्यसपछिका दुई दिन पुनः तपाईको पक्षमा आउनेछन् । व्यापारमा लगानी गर्दा राम्रो होला । नयाँ योजना बुन्नुहोला । पारिवारिक र प्रेम सम्बन्धमा सुमधुरता रहनेछ । साताको अन्तिम दिन स्वास्थयमा सामान्य गडबडी आउने छ । अनावश्यक खर्च बढ्ला । झै–झगडा तथा विवाद निम्तिन सक्ला । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मंगल र बुधबार राम्रो देखिदैन । विहीबार र शुक्रबार फेरि राम्रो भए पनि शनिबार शुभ छैन ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । यो साता तपाईका लागि त्यति राम्रो देखिँदैन । यात्रामा बाधा, अडचन आउला। महत्वपूर्ण अवसर गुम्न सम्भावना । आफ्नैबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । मन अशान्त । पहेंलो रंगलाई प्राथमिकता दिए मनमा उत्साह सञ्चार हुन सक्छ । ईष्टमित्र तथा आफन्तकै विश्वास गुमाउने खतरा छ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने देखिँदैन शत्रुपक्ष बलियो हुने देखिन्छ । तपाइको मनोबल पनि गिर्ने छ । बुधबार र विहीबार भने तपाईका लागि अन्य दिनको तुलनामा समय राम्रो देखिन्छ । लामो समयदेखि रोकिएको कामको गाँठो स्वतः फुक्नेछ । रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । केही खुशीका क्षणहरु आउने छन् । साताका अन्तिम दुई दिन पनि तपाईका लागि राम्रो देखिदैन । स्वास्थ्यमा पनि सुधार आउँला । अध्ययनमा रुची जाग्ला । व्यापार व्यावसायमा तपाईले सोचेजस्तो नभए पनि औसत रहने छ । पारिवारिक समस्या देखिने छ । अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारि चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ । सचेत रहनुहोला ।

मकर (भो, ज, जी, खी, खू, खे, खो, गा, गी)

शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् । यो साता तपाईका लागि मध्यम रहनेछन् । वैदेशिक कार्यमा शुख । मौनता अपनाउनु राम्रो । अधुरो काम पूरा हुने। चार दिनको अवधिमा तपाइले राम्रै उपलब्धि हात पार्नु हुनेछ । सामाजिक प्रतिष्ठा मिल्ने छ । स्वास्थयमा भने सामान्य समस्या आउँला । खर्च बढी भए पनि मन प्रफूलित हुनेछ । पढाई लेखाईमा पनि रुची बढ्नेछ । शुक्रबार र शनिबार व्यापार व्यावसायमा घाटा देखिन्छ । साताका अन्तिम दुई दिन यात्राको योग छ । छोटो दूरीको यात्रा फलदायी रहला । भेटघाटले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ। दापत्य जीवन पनि सुखमय रहनेछ । ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइका पक्षमा आउने योग देखिन्छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, द)

राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । यो साता तपाईका लागि औसत रहने छ । दिनको उत्तरार्ध सुखद् रहनेछ । सही निर्णय लिनुस् । राजनैतिक कार्यमा सफलता मिल्नेछ । टाढा रहेका साथीहरूसँग बिग्रिएको सम्बन्ध पुनः स्थापित हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । सरोकारका विषयमा सपरिवार संलग्न भइनेछ । पढन पाढनमा मन जानेछ । यात्रा रमाइलो हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले प्रफुल्लित हुनुहुनेछ । सातको अन्तिम दिन विवाद तथा आरोप आइलाग्न सक्छ । आश्वासन बाढ्नेहरु बढी आउनेछन् । सवैभन्दा उत्तम दिन विहीबार हुनेछ भने सवैभन्दा नराम्रो दिन शनिबार छ । शनि देवको पूजाविधि अपनाउनुहोला । विहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

धार्मिक यात्राको योग । अचल सम्पत्ति हात पर्ला । राम्रो सहयात्रीको साथ पाइने सम्भावना प्रवल छ । यो साता तपाईको सखुद रहनेछ । पराक्रमसँग जोश जाँगर बढ्नेछ । लगानीको प्रतिफल प्राप्त हुनेछ । विरोधीहरु कमजोर सावित हुनेछन् । अनेक कुराहरु सुनिए पनि तपाइको बोलीको प्रभाव पर्नेछ । पारिवारिक सम्बन्धमा पनि सुधार आउने छ । आर्थिक लाभको योग छ । अध्यन अध्यापनमा अभिरुचि बढेर जानेछ । साताको अन्त्यमा स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ। वैदेशि यात्राको पनि योग देखिन्छ । घर जग्गाको कारेबार गर्दा राम्रै हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि आन्दानी राम्रै रहला । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग छ । आफ्नो सफलतालाई अझ माथि लान मन मिल्ने साथीभाइको सुझाव आत्मसात् गर्नुहोला । स्वदेश तथा विदेशका विविध क्षेत्रमा अरूको मन जित्न सकिनेछ । प्रेमी–प्रेमिकाबाट आफूले अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । सुनौलो रंगलाई पछ्याउँदा अपेक्षा गरेभन्दा छिटो सफलता हात पर्नेछ। मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्ला । स्वास्थ्यमा गगबढी ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : ०१ बजे

सुदूरपश्चिममा नाउपाका दुवै नेताको दाबी अस्वीकृत, सोडारी मुख्यमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेको  दुवै

गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई बर्खास्त नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई

सरकारलाई कांग्रेसले ढाल्नु पर्दैन, आफै ढल्छ : रमेश लेखक 

काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकार कांग्रेसले ढाल्नु नपर्ने आफैँ ढल्ने

काश्मिरमा डुङ्गा डुब्दा छ जनाको मृत्यु, कयौँ बेपत्ता

नयाँदिल्ली– काश्मिरमा मंगलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित

लोसपाले छाड्यो मधेश सरकार 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश सरकार छाडेको छ ।