पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण | Khabarhub Khabarhub

पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा कार्यरत प्राविधिकले सामूहिक राजीनामा दिएको घटनाप्रति राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्राविधिकले उठाएका अतिरिक्त सेवा सुविधालगायतका माग गत भदौदेखि लागू हुने गरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इञ्जिनीयर्स एशोसियनका पदाधिकारीलाई जानकारी गराइसकेको उल्लेख छ ।

“सामूहिक राजीनामा दिएको घोषणाबाट पुनःनिर्माण र भूकम्पपीडित जनताको संवेदनशीलताप्रति प्राविधिकको नियतमाथि प्रश्न उठाएको छ”, विज्ञप्तिमा भनिएको छ । प्राधिकरणले तत्काल पुनःनिर्माणको कार्यमा जुट्न सबै प्राविधिकलाई निर्देशन पनि दिएको छ ।

सहप्रवक्ता मनोहर घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुनःनिर्माणको अभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइए कडा कदम चाल्न प्राधिकरण बाध्य हुने उल्लेख छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १० : १० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही