७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण | Khabarhub Khabarhub

७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले विहीबार सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७५/७६ को राष्ट्रिय लेखा तथ्याङ्क’अनुसार चालू आर्थिक वर्षको आर्थिक अवस्थाका बारेमा प्रक्षेपण गरेको हो ।

सरकारले भने चालू आर्थिक वर्षमा आठ प्रतिशत बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । पछिल्ला तीन वर्षमा निरन्तररुपमा ६ प्रतिशतबढी आर्थिक वृद्धिदर हुँदै आएको छ । तीव्रतर आर्थिक वृद्धि हुने देशमा नेपाल परेको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा ६.३० प्रतिशत तथा आव २०७३÷७४ मा ७.७४ प्रतिशतको दरमा आथिृक वृद्धि भएकोसमेत विभागले जनाएको छ । समग्रमा औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, उद्योग निर्माण लगायतलाई द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर विश्लेषण गरिएकामा विगत तीन वर्षमा कूल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको देखिन्छ भने सेवा क्षेत्रको योगदान बढ्न गएको पाइएको छ । द्वितीय क्षेत्रको योगदानमा खासै घटबढ भएको छैन ।
कृषि वन, मत्स्य र खानी उत्खनन क्षेत्रलाई प्राथमिक क्षेत्रमा राखिएको छ । चालू आर्थिक वर्षको कूल उत्पादनमा यस क्षेत्रले २७.५९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । आव २०७४÷७५ को तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ५.१० प्रतिशत हुने अनुमान गरिएको विभागले जनाएको छ ।
चालू आवमा मौसमको अनुकूलताका कारणले कृषि क्षेत्रमा उल्लेख्य वृद्धि, पुनःनिर्माणका लागि वन पैदावारका सामग्री तथा उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सकारात्मक प्रभाव परेको छ । चालू आवमा द्वितीय क्षेत्रका रुपमा रहेको निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान १४.६० प्रतिशत रहेको छ । आव २०७४÷७५ मा चालू आवमा यस क्षेत्रको कूल वृद्धिदर स्थिर मूल्यमा ८.१० प्रतिशत रहेको छ ।
ऊर्जा, क्षेत्रको विस्तार, पुनःनिर्माण तथा अन्य निर्माण कार्यको तीव्रता औद्योगिक क्षेत्रमा भएको वृद्धिलगायत कारण यस क्षेत्रको प्रगति भएको छ । सेवा क्षेत्रमा पनि थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्तता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्र रहेका छन् ।
चालू आवको कूल गार्हस्थ उत्पादनमा यस क्षेत्रले ५७.८१ प्रतिशत योगदान दिएका छन् । आव २०७४÷७५ को तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ७.२९ प्रतिशत रहेको छ । चालू आवको कूल गार्हस्थ उत्पदानमा कृषि क्षेत्रले २६.९८ प्रतिशत तथा गैर कृषि क्षेत्रले ७३.०२ प्रतिशत योगदान दिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ०० बजे

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा