तराईं–मधेसमा वितरण गरिएका ३४ हजार नागरिकता प्रचलनमा नल्याउन सर्वोच्चको आदेश | Khabarhub Khabarhub

तराईं–मधेसमा वितरण गरिएका ३४ हजार नागरिकता प्रचलनमा नल्याउन सर्वोच्चको आदेश


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतले तराईं–मधेस लगायत जिल्लामा कानून विपरित वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

२०५४ सालमा कानून विपरित नागरिकता वितरण भएको भन्दै ती नागरिकता खारेज गरिनुपर्ने मागसहित परेको रिटमाथि सुनुवाई गर्दै प्रधान्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले यस्तो आदेश जारी गरेको हो ।

अधिवक्ता वोर्णबहादुर कार्कीलगायतले २०५४ सालमा कानून विपरित वितरण गरिएका ३४ हजार नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिइन लागिएको भन्दै ती नागरिकता खारेजको मागदाबी गर्दै वैशाख ३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथिको प्रारम्भिक सुनुवाईमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलाशले ती नागरिकता खारेज नगर्नुको कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको थियो ।

शुक्रबार प्रधान्यायाधीश राणा र न्यायाधीश भण्डारीको इजलाशले कानून विपरित वितरण गरिएका नागरिकता प्रचलनमा नल्याउन तथा त्यस्ता नागकिता पाएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १ : ३३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०