सगरमाथा आरोही पासाङको सपना छोरी दावाले पूरा गर्ने | Khabarhub Khabarhub

सगरमाथा आरोही पासाङको सपना छोरी दावाले पूरा गर्ने


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङ ल्हामु शेर्पाका सपना उनकै छोरी दावा फुटी शेर्पाले पूरा गर्ने भएकी छन् । उनले आफ्नी आमाले पर्वतारोहण क्षेत्रमा महिला सहभागिताका लागि खेलेको भूमिका र लैंगिक समानताका लागि चालेको अभियानलाई आफूले लिएर हिड्ने बताइन ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको नेतृत्व आफ्नो काँधमा लिँदै पासाङकी जेठी छोरी दावाले पर्वतारोहण क्षेत्रमा महिला सहभागिता बढाउन भूमिका खेल्ने बताइन् । बुधबार धुम्बाराहीमा भएको प्रतिस्ठानको साधानरणसभाबाट उनी अध्यक्ष निर्वाचित भएकी थिइन् ।

पर्वतारोहण क्षेत्रलाई सुधार गर्ने र महिलाको समानताकाका पक्षमा केहि गर्नु पर्छ भन्ने आमाका सपना अधुरै रहेकाले संस्थाको नेतृत्व आफूले सम्हालेको दावाले बताइन । महिलाको शाहस, आँट र दृढ संकल्प प्रस्तुत गर्न सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि) को आरोहण गरी फर्कने क्रममा आमाको मृत्यु भएको भन्दै सफलताको खुसी साट्न नपाउँदै बिदा भएकी आमाका सबै सपना आफूले पूरा गर्ने उनको दाबी छ ।

पर्वतारोहण क्षेत्रका समस्याहरु, हिमाली क्षेत्रका यथार्थमा देखिने गरिवीसँगै शिक्षा, स्वास्थ्यलाई सहयोग गर्ने, आममहिलामा देखिएका समस्याहरु, समानताका आजाव, शिक्षा, रोजगारीजस्ता समस्यालाई सहयोग गर्न संस्था लागि पर्ने अध्यक्ष दावाले बताइन ।

३२ बर्षको उमेरमा २०५० बैशाख १० गते सगरमाथाबाट फर्कने क्रममा साउथकोलमा आरोही पासाङ ल्हामुको हिमपहिरोमा परी मृत्यू भएको थियो ।

प्रतिस्ठानको साधारणसभाले प्रथम उपाध्यक्ष सिताराम साप्कोटा, द्धितिय उपाध्यक्षमा नाम्गेल शेर्पा, महासचिवमा छेटु शेर्पा लगायत ११ सदस्सीय समिति चयन गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १२ : ५१ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५