प्रिया प्रकाशले साइन गरिन् दोस्रो बलिउड फिल्म, यस्तो छ भूमिका | Khabarhub Khabarhub

प्रिया प्रकाशले साइन गरिन् दोस्रो बलिउड फिल्म, यस्तो छ भूमिका


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भाइरल भएर रातारात चर्चामा आएकी कलाकार प्रिया प्रकाश वारियर ‘श्रीदेवी बंगलो’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । अहिले खबर आएको छ कि, उनले अर्को पनि बलिउड फिल्मबाट अफर आएको छ ।

भारतीय मिडियाका अनुसार मयंक प्रकाश श्रीवास्तवको फिल्म ‘लभ ह्याकर्स’ मा प्रिया प्रकाशले मुख्य भूूमिका निभाउने छिन् । यो फिल्म साइबर क्राइमसँग सम्बन्धित छ ।

यो फिल्म अर्को महिनाको अन्ततिर फ्लोरमा जानेछ । फिल्मको शूटिङ लखनउ, गुरुग्राम र मुम्बईमा हुनेछ । प्रिया प्रकाशले एक त्यस्ती युवतीको भूमिका निभाउँदै छिन्, जो युवती दुर्भाग्यपूर्ण परिस्थितिमा फस्छे । र, आफ्नो बुद्धिले त्यहाँबाट उम्किन्छे । फिल्मको कहानी वास्तविक घटनामा आधारित छ ।

प्रिया प्रकाश फिल्म ‘ओरु उदार लभ’ बाट चर्चामा आएकी थिइन् । उक्त फिल्मको एक दृश्यले उनलाई रातारात भाइरल बनाएको थियो । उक्त फिल्म गएको प्रणय दिवसमा रिलिज भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  २ : ३५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०