'आँखै अगाडि बलात्कार भयो, रमिते बन्नुको विकल्प भएन' | Khabarhub Khabarhub

‘आँखै अगाडि बलात्कार भयो, रमिते बन्नुको विकल्प भएन’


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –काभ्रेकी धनमायाँ तामाङ (नाम परिवर्तन) घरबाट हिडेको २ महिनापछि दिल्ली हुदै कुवेत पुगिन । काठमाडौंबाट हिडेको ५ दिनपछि रूपन्देही भैरहवा नाकाबाट दिल्ली र त्यहाँबाट कुवेत गएको धनमायाँ बताउँछिन ।

नेपालबाटभन्दा भारतबाट हवाई टिकट सस्तो छ भनेर एजेन्ट जिवन राईले उनलाई दिल्ली लगेका थिए । जाँदा बाटोमा हुने चेकजाँचबाट जोगिन राईले बिरामी भएकोले उपचार गर्न गएको भन्न सिकाएका थिए । राईकै भनाई अनुसार आफू दिल्ली पुगेको वैदेशिक रोजगार विभागका कर्मचारीलाई धनमायाले सुनाइन ।

‘सीमाना काटेपछि हिन्दी बोल्ने मान्छेले के भयो मैले बुझिन । त्यो मान्छेले हामीसँग भएका ९ जना केटीलाई सरसर्ती हेर्‍यो । त्यसपछि एक जना केटी साथीको छेउमा आएर बस्यो । फेरि हिन्दीमा एजेन्टलाई के भन्यो । त्यसपछि एक्कासी अंगालो हाल्यो’ उनले भनिन, ‘बाटो मै सवैलाई दुर्व्यवहार गदै जिउँ सुम्सुमायो ।

नेपालबाट हिडेको ९ दिनमा दिल्ली पुग्यौ । यो बीचमा आखाँ अगाडी साथीहरुलाई भारतीय एजेन्टले पटक पटक बलात्कार गरे । फरक फरक कोठामा राखेर दुर्व्यवहार भयो । रमिता हेर्ने र अत्यचार सहने बाहेक केही गर्ने सकिएन । केही भन्यो भने यो भारत हो होसियार भन्दै धम्क्याउने गर्थे ।’

रूपन्देही भैरहवा नाका हुँदै भारत छिरेर कुवेतमा ९ महिना बसेर नेपाल फर्किएकी धनमायाँले वैदेशिक रोजगारीमा जादाँ बाटोमा भोगेका सवै वृत्तान्त सुनाइन् । धनमायाँले ५ कक्षासम्म मात्र पढेकी छिन । ‘कुवेतमा ९ महिना बस्दासम्म परिवारलाई कहिल्यै फोन गर्न पाइनँ, त्यहाँ रहेका कुनै नेपालीलाई भेट्न नपाएपछि भागेर कुवेतस्थित नेपाली दूतासाव पुगेर नेपाल फर्किइन । उनले भनिन ‘साहुलाई म काम गर्न सक्दिन नेपाल पठाइदिनु भनेको ठुला कुरा नगर मारेर फालिदिन्छु भन्यो ।’ भारत हुदै जाने युवती र महिलालाई बाटोमै एजेन्टबाट बलाकृत हुने गरेको उनको भनाई छ । हामी जस्ता धेरै महिला कुवेतमा अलपत्र र बेचिएको धनमायाँले बताइन ।

एजेन्टले नेपालमा भए नभएको प्रलोभन देखाएर सिमाना कटाएपछि आफनै देशका चेलीबेटी पनि होइन जस्तो गरी जथाभावी हातपात गर्ने गरेको पीडा धनमायाले सुनाइन । उनले कुवेत जानका लागि एजेन्ट राईलाई १ लाख ४५ हजार बुझाएको जानकारी दिइन ।

तामाङको जस्तै समस्या लिएर पाल्पाकी लिला क्षेत्री (नाम परिवर्तन) पनि विभागमा आएकी रहिछिन् । परिवारमा आर्थिक अवस्था कमजोर भएका कारण वैदेशिक रोजगारीमा जाने सोच बनाएको पाल्पाकी लिलाले खबरहवसँगको कुराकानीमा बताइन । गाँउकै एजेन्ट प्रमोद गुरुङको सहयोगमा उनी लेबनान पुगेकी थिइन । ‘दुई.चार पैसा होला भनेर लेबनान पुगेपछि धेरै दु:ख पाइयो, साहुले दिनमा एक छाक मात्र खाना खान दिन्थ्यो, दिनदिनै कुटपिट गरेर दुर्व्यवहार गर्ने गर्थ्यो । यतिसम्म सहन ग्राहो नसक्ने गरी शारीरिक शोषण गथ्र्यो ।’ उनलाई लेवनान पुगेपछि मात्र थाहा भयो एजेन्टले रोजगारीका लागि नभई बेचेर पठाएको रहेछ ।

लेवनानबाट लिलासँगै समस्या परेर फर्किएकी मनिषाको समस्या पनि उस्तै छ । २ वर्षअघि लेवनान गएकी मनिषले आफ्नो पीडा सुनाउँदै भनिन् ‘दैनिक १५ घण्टा काम गर्नुपथ्यो, तर तोकिएअनुसारको तलब थिएन । मानसिक र शारीरिक यातनाका कारण अहिले मानसिक रोगी भएको छु ।’ ५ सय डलर मासिक तलब पाउने लोभमा लाग्दा आफुनो सबै गुमाएको र अहिले मानसिक रोगको सिकार बनेको दुखेसो मनिषाको छ।

यसरी रोजगारीका क्रममा समस्या परेर फर्किएका महिलालाई सरकारले उचित सहयोग नगर्ने गरेको उनले बताइन । धनमायाँ, लिला, मनिषा अहिले आफुलाई रोजगारीको प्रलोभन देखाएर बेच्ने तस्करीका नाममा उजुरी र न्याय खोज्न विभागसम्म आएको बताउँछन् । उनीहरु जस्ता धेरै युवा यवुती रोजगारीको प्रलोभन देखाएर तस्करको जालमा फसिरहेका छन् ।

रोजगारीको प्रलोभन देखाएर नेपाली युवायुवतीलाई फसाउन र अलपत्र पर्ने दलाललाई कानुनी दायरामा ल्याएर कारवाही गर्ने वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँले बताएका छन् । रोजगारीका नाममा मावन तस्करी गरिरहेका दलालले नाम, थर र ठेगाना नै परिवर्तन गरेर काम गर्ने भएकाले कानुनी दायरामा ल्याउन कारवाही गर्ने समस्या भइहेको उनको भनाई छ ।

पछिल्लो समय रोजगारीका नाममा भारत हुँदै नेपाली महिला खाडीका देश, मलेसिया, युरोप र अफ्रिका तस्करी भइरहेका छन् । धेरै रोजगारीको खोजीमा रहेका महिला तस्करको विश्वास गरेर समस्या र बेचबिखनमा पर्ने गरेका छन् ।

भारतसँगको खुला सीमाले पनि नेपाली चेलीलाई भारतहुँदै तेस्रो मुलुकमा पठाउने गिरोह सक्रिय भएको छ । तस्करहरूले खाडी जान तम्तयार महिलाको राहदानी आफैं राखेर दिल्लीमा पुर्‍याएर सेटिङ मिलाउँदै तेस्रो मुलुक पठाउने गरेका छन् ।

खाडीको कुन देशमा कहिले, कसरी ती महिलालाई पठाउने भन्ने ‘सेटिङ’ एजेन्टले दिल्लीमै बसेर मिलाउँछन् । कतिपय महिलालाई पासपोर्ट कहाँ छ, कहाँ जान लागेको भने पनि थाहा हुदैन । महिलाहरुको सोझोपनको फाइदा उठाउँदै एजेन्टहरुले लुट्ने गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ९ : १८ बजे

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु