दक्षिण अफ्रिकाका खेलाडी डाले स्टेन्ली आईपीएल नखेल्ने | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाका खेलाडी डाले स्टेन्ली आईपीएल नखेल्ने


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वकप क्रिकेट शुरु हुन एक महिनामात्रै बाँकी हुँदा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डाले स्टेन्ली सोल्जर इन्जुरीको समस्यामा परेका छन् ।

दक्षिण अफ्रिकाको विश्वकप टोलीमा अटाएका उनको दाहिने हातको सोल्जरमा चोट लागेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) बीचमै छाडेर दक्षिण अफ्रिका फर्किएका छन् ।

आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरमा रहेका उनी चेन्नई सुपर किङ्सविरुद्धको खेलमा चोट लागेको थियो ।

दक्षिण अफ्रिकाका लागि टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खलाडी डाले भारतबाट दक्षिण अफ्रिका फर्किसकेका छन् । स्वदेश फर्किएसँगै उनी आईपीएल खेल्ने छैनन् । उनले दक्षिण अफ्रिकाका सोल्जर विशेषज्ञसँग उपचार शुरु गरिसकेका छन् ।

उपचारमा संलग्न डाक्टरले उनलाई मे १९ मा टोली इग्ल्यान्डका लागि निस्किनु अगाडि उनी फिट हुने बताएका छन् । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेल मे ३० मा आयोजक इग्ल्यान्डमा खेल्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ८ : ०४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०