भूमाफियाले हडपेका सबै जग्गाको खोजतलास गरिने | Khabarhub Khabarhub

भूमाफियाले हडपेका सबै जग्गाको खोजतलास गरिने


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमाफियाले कब्जा जमाएका देशभरका सार्वजनिक जग्गा खोजतलास गर्न सरकारले उच्चस्तरीय आयोग गठनको प्रक्रिया थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरमा भूमाफियाबाट अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गाको खोजी गर्न उच्चस्तरीय आयोग गठनको प्रक्रिया थालेको हो ।मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आयोग गठनको प्रस्ताव परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए । आयोगमा बस्ने पदाधिकारीको खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट स्वीकृत गर्नुपर्ने भएकाले सो प्रस्ताव अर्थमा पठाइएको राजधानी दैनिकमा खबर छ ।

सचिव मैनालीले अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनासाथ सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने बताए । छिटोभन्दा छिटो आयोग गठन गरी काम थाल्ने गृहकार्यलाई तीव्रता दिइएको उनले जानकारी दिए । यस विषयमा गृह मन्त्रालयसँग पनि आवश्यक छलफल भइरहेको सचिव मैनालीको भनाइ छ ।

आयोग गठनसँगै भूमाफियाहरुले कब्जा जमाएका देशभरका सरकारी जग्गा फिर्ताको प्रक्रियासमेत थालिनेछ । भूमि व्यवस्था मन्त्रालयका अनुसार सो आयोगले सबै प्रकारका सार्वजनिक जग्गाको अवस्थाबार समेत पहिचान गर्नेछ । साथै आयोगले भूमाफियाहरुको समेत निक्यौल ल गर्नेछ भने जग्गा हडप्ने कार्यमा संलग्न कर्मचारीबारे समेत खोजीनिती गर्नेछ । साथै आयोगले हालसम्म पहिचान हुन नसकेका सबै सार्वजनिक जग्गाको लेखाजोखा गर्नेछ । पूर्ववरिष्ठ न्यायाधीशको अध्यक्षतामा पूर्वप्रशासकहरु रहने गरी आयोगको संरचना प्रस्ताव गरिएको छ ।

खुलामञ्च अतिक्रमण विरोधमा स्थानीय र अभियन्ता खुल्ला मञ्चस्थित पुरानो बसपार्कमा ठेकेदार कम्पनीले सम्झौता विपरित सटर निर्माण गरी भाडामा लगाएको बिषयलाई लिएर स्थानीय र खुलामञ्च बचाउ अभियानका अभियन्ताहरु बिरोधमा उत्रिएका छन । उनीहरुले सटर बनेर भाडामा गइसक्दा पनि सम्बन्धित निकाय मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनीहरुले ‘खुलामञ्च कहाँ खुला छ ?’ ‘खुल्ला स्थान माफियाले मास्न पाइँदैन ? लगायतका नारासहित बसपार्क भित्र नै पुगेर खुलामञ्चमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा नेपाली कांग्रेसका नेता तथा सोही क्षेत्रबाट निर्वाचित सांसद भीमसेनदास प्रधान, नयाँ शक्तिकी नेतृ मानुषी यमि भट्टराई, लिबेबल काठमाडौं नामक संस्थाका संयोजक सुसन वैद्य लगायतको उपस्थिति थियो ।

हाल वसपार्क व्यवस्थापनको जिम्मा जलेश्वर स्वच्छन्द बिकोइ नामक निजि कम्पनीले पाएको छ । कम्पनीले महानगरपालिकासँग सम्झौता गरी बसपार्क व्यवस्थापनको जिम्मा पाएको हो ।

बिरामीलाई बेवास्ता गर्ने चिकित्सकविरुद्ध उजुरी शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा बिरामीका लागि चिकित्सक देवता हुन् । चिकित्सकले राम्रोसँग बोलिदिए र राम्रो व्यवहार गरिदिए बिरामीको मनोबल झन् बढ्छ, पीडा अलिकति भए पनि कम हुन्छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर २१ हजार ४ सय बढी चिकित्सकले नाम दर्ता गराएका छन् । केही चिकित्सकले बिरामीलाई वास्ता नै नगरेको पाइएको छ । चिकित्सकले वास्ता नगर्दा बिरामी झन् प्रताडित बन्दै गएका छन् ।

नेपाल मेडिकल काउन्सिलका अनुसार चिकित्सकविरुद्ध ६० वटा उजुरी परेका छन् । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. ढुण्डिराज पौडेलले चिकित्सक पेसाप्रति इमानदारी हुनु जरुरी रहेको बताए । उनले चिकित्सकले आचारसंहिता उल्लंघन गरेको भेटिए र उपचारका क्रममा लापरबाही गरेको प्रमाणित भए कारबाही हुने बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : १७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका