राष्ट्रपतिको एक उडानले नागरिकका २०० उडान अस्तव्यस्त | Khabarhub Khabarhub

राष्ट्रपतिको एक उडानले नागरिकका २०० उडान अस्तव्यस्त


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन। सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएको नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो। यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलमा कुर्नुपर्‍यो।

राष्ट्रपतिको सम्मानका नाममा उनको सवारी हुँदा सडक र विमानस्थल खाली गराउन थालेपछि गणतन्त्र नै बदनाम बन्न थालेको छ। शासन व्यवस्था फेरिए भने शासनशैली नफेरिएको भन्दै यसको व्यापक आलोचना हुँदै आएको छ। सवारीमा सामन्ती शैली अपनाएको भन्दै सर्वसाधारणले पटक–पटक आलोचना गर्दा पनि सरकारले यसमा सुधारको प्रयास गरेको छैन। यसकारण गणतन्त्रप्रति नै सर्वसाधारणको वितृष्णा बढेको छ।

बुधबार त्रिभुवन विमानस्थले बिहान १०:३० देखि ११:१० सम्म उडान तथा अवतरण वर्जित गरिएको नोटिस टु एयरमेन (नोटाम) जारी गरेको थियो। तर, त्यस अवधिभित्र समेत राष्ट्रपतिको विमान उडेन, करिब १७ मिनेट ढिला भयो। ४० मिनेटका लागि जारी भएको नोटाममा फेरि २० मिनेट थप गरियो। यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियसम्मका उडान पूरै अवरुद्ध भए।

एकातिर त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतका लागि विमानस्थलको सञ्चालन समय २१ घन्टाबाट घटाएर १४ घन्टा बनाइएपछि विमानस्थलमा चाप बढेको छ। त्यसैमाथि राष्ट्रपतिको उडानका लागि एक घन्टा सबै विमान रोकिएपछि बुधबार दिनभरिको उडान प्रभावित भए। त्रिभुवन विमानस्थलमा दैनिक औसत तीन सय उडान हुन्छन्। बुधबार १०:३० पछि करिब ८० वटा अन्तर्राष्ट्रिय र एक सय २० आन्तरिक उडान प्रभावित भएका हुन्।

सरकारको नीति तथा कार्यक्रम २० वैशाखमा शीर्षकको समाचारमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २० वैशाखमा संघीय संसद्मा प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।

राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्नेबारे राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको संसद् सचिवालयले जनाएको छ। १५ जेठमा सरकारले नयाँ आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संसद्को बजेट अधिवेशन सोमबारबाट प्रारम्भ हुँदै छ।

संविधानमा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। सोहीअनुसार राष्ट्रपति भण्डारीले संसद्लाई सम्बोधन गर्न लागेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले बताए।

सर्वसाधारण आन्दोलनमा : खुलामञ्चका सटर भत्काउन वैशाख मसान्तसम्मको अल्टिमेटम शीर्षकको समाचारमा राजधानीको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल वैशाख मसान्तसम्म हटाउन स्थानीयले काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएका छन्। ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीय आन्दोलित भएका हुन्।

तोकिएको अवधिभित्र नभत्काए आफैँ भत्काउने चेतावनी स्थानीयको छ। काठमाडौं–६ का सांसद भीमसेनदास प्रधानले अतिक्रमण गरी बनाइएका सटर वैशाख मसान्तसम्म भत्काउन महानगरपालिका र सम्बन्धित ठेकेदार कम्पनीलाई अल्टिमेटम दिएको बताए। ‘खुलामञ्च अतिक्रमण गरी सार्वजनिक सम्पत्ति व्यक्तिले दोहन गरेको पाइयो, यो गैरकानुनी हो। हामीले महानगरपालिका र सम्बन्धित ठेकेदारलाई वैशाख मसान्तसम्म सबै सटर भत्काउन भनेका छौँ। तोकिएको अवधिमा नभत्किए जनता आफैंले सटर भत्काउनेछन्,’ उनले भने।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ०८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका