विदेशी पाहुनालाई देखाउन महानगरको ब्रुमर ! | Khabarhub Khabarhub

विदेशी पाहुनालाई देखाउन महानगरको ब्रुमर !



काठमाडौं– यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनलाई लक्षित गरी काठमाडौं महानगरपालिकाले सडकको सरसफाइलाई तीव्रता दिइरहेको छ । कतै सडक टाल्न थालेको छ भने धुलो हटाउन अब ब्रुमरको पनि प्रयोग गर्ने भएको छ । मंगलबार मात्रै महानगरले एक कार्यक्रमबीच इटालीबाट ल्याइएका अत्याधुनिक प्रविधिका पाँच वटा ब्रमुर सञ्चालनमा ल्याउँदै धुलो हटाउन थालेको हो ।

ब्रुमर सञ्चालनमा आएसँगै धुलो र धुवाबाट आजित बनेका काठमाडौंबासीलाई केही राहात मिल्ला त्यो आफ्नो ठाउँमा छ, तर त्यो भन्दा महत्वपूर्ण कुरा विदेशी पाहुनालाई काठमाडौं सुन्दर तथा सफा छ भन्ने देखाउनकै लागि भएपनि ब्रुमर सञ्चालनमा ल्याएको हो भन्नेमा द्विविधा पनि छैन । किनकी राजधानीमा हुने अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलनमा यसभन्दा अगाडि रातारात रुख रोप्नेदेखि सडक रंग्याउनेसम्मका गतिविधि नभएका होइनन् ।

सार्क सम्मेलन, बिमस्टेक सम्मेलन होस् या एसिया प्यासिफिस सम्मलेन नै किन नहोस् सरकारले काठमाडौंको मुहार रातारात फेरेकै हो । तर सम्मेलन सकिएपश्चात काठमाडौंको अवस्था कुन हालतमा पुग्यो जो अहिले हामीले दैनिक देखेकै र भोगेकै छौं ।

त्यसो त ब्रुमर फागुन महिनाको अन्तिमतिरै काठमाडौं भित्र्याइएका थिए । ती ब्रुमर महानगरले तुरुन्त सञ्चालनमा नल्याइकन १५ दिनपछि मात्र सञ्चालनमा ल्याउनुले लगानी सम्मेलनमा तडकभडक देखाउनकै लागि हो भन्ने सर्वसाधारणको जनगुनासो पनि छ । तर, महानगरका प्रवक्ता ईश्वरमान डंगोल भने यो कुरालाई स्वीकार गर्दैनन् ।

महानगरमा १५ दिनअघि ल्याइएका ब्रुमर सञ्चालनमा किन ढिलाई ? लगानी सम्मेलनलाई लक्षित त गरिएन नि ? अब पाँच ब्रुमर प्रयोगमा आएपछि धुलोमुक्त सहर बन्ला त ? भन्ने प्रश्नमा महानगरका प्रवक्ता डंगोल भन्छन्, ‘५ वटै ब्रुमर एकैपटक मगाइए पनि पहिलो चरणमा ४ ब्रुमर मात्र आए, फलस्वरुप अर्को ब्रुमरलाई पर्खिदा सञ्चालनमा केही ढिलाई भएको हो’ उनले थपे, ‘ब्रुमरको प्रयोग गर्दैमा धुलोमुक्त शहर बन्छ भन्न सकिंदैन, सडकको अवस्था कमजोर छ, पहिले सडक विभागले सबै सडक मर्मत गर्नु जरुरी छ ।’

महानगरले ११ करोड रुपैयाँ लगानी गरेर ब्रुमर ल्याएको हो । महानगरले यस अघि पनि ब्रुमरको प्रयोग गर्दै सडकको धुलो हटाउने कामलाई निरन्तरता दिइएको छ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउनका लागि भत्काएका सडकहरु बिजोक अवस्थामै देखिन्छन् त्यसले ब्रुमर सञ्चालनमा ल्याउन कठिन पर्ने महानगर प्रमुख विद्या सुन्दर शाक्यले बताए । उनले भने, ‘धुँलो मुक्त बनाउन ब्रुमर ल्याइए पनि हिलोमुक्त सहर बनाउन सडक विभागले ध्यान दिनुपर्छ ।’

साथै ब्रमुर सञ्चालनका लागि खाल्डाखुल्डी स्थायी रुपमा पुर्न नसकेपनि अस्थायी रुपमै भएपनि ब्रुमर चलाउन मिल्ने बनाइदिन सडक विभागसँग उनले अनुरोध समेत गरे । काठमाडौं सहरलाई स्मार्ट सिटीका रुपमा चिनाउने नारा बोकेर अघि बढेका शाक्यले महानगरपालिकालाई ‘ग्रीन, क्लीन र नो माक्स’ क्षेत्र बनाउन यी अत्याधुनिक ब्रुमर प्रयोगमा ल्याएको दाबी गरे ।

त्यसो त विदेशी पाहुनाको स्वागत सत्कार गर्नु राम्रो कुरा हो । अतिथि देवो भवः यसै भनिएको पनि होइन । तर, अतिथिलाई देखाउनलाई मात्र होइन दीर्घकालीन रुपमा राजधानीको मुहार फेरिनुपर्छ । यसलाई धुलो धुवामुक्त बनाउनु महानगरको प्रमुख जिम्मेवारी हो ।

बुधवारदेखि ब्रमुर सडकमा

रुट नं १– टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकी त्यसपछि सोल्टीमोड–टेकु–त्रिपुरेश्वर–सुन्धारा–नयाँ सडक–जुद्ध सालिक–महाङकाल– जमल–लाजिम्पाट– शितल निवास–शिक्षण अस्पताल–नारायणगोपाल चोकसम्मको मुख्य सडक । त्यस्तै जमल–विश्वज्योति–घन्टाघर–भद्रकाली–शहीद गेट हुँदै सुन्धारासम्म ।

रुट नं २– टेकुबाट त्रिपुरेश्वर–थापाथली–माइतीघर– बबरमहल– बानेश्वर– तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म । त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर– पेप्सिकोला । पेप्सिकोला चोकबाट कोटेश्वर नयाँ बानेश्वर– माइतीघर––थापाथली- त्रिपुरेश्वर -कालीमाटी- बल्खु

रुट नं ३– टेकु–त्रिपुरेश्वर सुन्धाराहुँदै भोटाहिटी –विश्वज्योति –घन्टाघर भद्रकाली सिंहदरबारबाट पुतलीसडकतर्फको सडक । पुतली सडकबाट कमलादी मोड हात्तीसार जयनेपाल हल –दरबारमार्ग –कमलादी –प्रज्ञा भवन , नारायणहिटी हुँदै केशरमहल चोक लाजिम्पाट –खानी तथा भूगर्भ विभाग अगाडिको चोक –गैरी धारा– सभामुख क्वाटर राष्ट बैक– प्रधानमन्त्री निवास । रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा नं ३ कार्यालयको सडक । फर्किंदा शितल निवास– पानी पोखरी हुँदै लैनचौर –सोह्रखुट्टे –बालाजु चोक –स्रोहखुट्टेबाट विष्णुमती –लिङ्क रोड इन्द्रायणी –नरदेवी पुलदेखि टेकुसम्मको सडक

रुट नं ४– टेकुबाट पुतलिसडक– कमलपोखरी ज्ञानेश्वर –मैतीदेवी –पुरानो बानेश्वर– सिनामंगल– एयरपोर्ट गेट –गौशाला –चावहिल होटल हायात फिर्किएर चावहिल –गौशाला बत्तीसपुतली –पुरानो बानेश्वर –मैतीदेवी डिल्लीबजार –पुतलीसडक –प्रदर्शनी मार्ग सिंहदरबार –माइतीघर मण्डला –थापाथली–त्रिपुरेश्वर –टुकु ।

रुट नं ५– टेकुबाट त्रिपुरेश्वर– पोस्ट अफिस– न्यूरोड गेट –बसन्तपुर –इन्द्रचोक –न्यूरोड महांकाल –जमल –केशरमहलबाट त्रिदेवी मार्ग ठमेलबाट फर्किएर दरबारमार्ग आदि

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : ५२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द