गुमनाम गायिका विष्णु माझी: जुन गीत गायो त्यही हिट ! | Khabarhub Khabarhub

गुमनाम गायिका विष्णु माझी: जुन गीत गायो त्यही हिट !


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका विष्णु माझीको स्वरमा जादु छ भन्ने त धेरैले स्वीकार्दै आइरहेका छन् । आधुनिक गायनमा जसरी तारा देवीको चर्चा हुने गर्छ, त्यसरी नै लोकगायिका विष्णु माझीको पनि चर्चा हुने गर्छ यो क्षेत्रमा । उनी गुमनाम छिन्, तर करोडौं नेपालीमाझ स्वरमार्फत लोकप्रिय छिन् ।

विष्णु माझीको एउटै तस्वीर देख्न पाइन्छ । उनी अनुहार देखाउँदिनन् । तर, उनको स्वर आम स्रोताका लागि विशेष बनेको छ । पछिल्लो समय उनले गायका हरेक गीत ‘सुपरहिट’ हुुन थालेका छन् ।

केही समयअघि मात्र गायिका माझीले स्वर दिएको गीत ‘सालको पात टपरी’ एकाएक भाइरल भयो । गीत भाइरल भए पनि उनी खासै मिडियामा आइनन् । कतै अन्तर्वार्तामा पनि उनलाई देख्न पाइएन । उनी गौण छिन् । तर, यो गीत मात्र भाइरल भएन । उनले त्यसपछि गाएको अर्को गीत ‘लालुमै’ पनि दर्शकले उत्तिकै रुचाए ।

विष्णु माझीको स्वर रहेको गीत ‘लालुमै’ को भिडियोको एक दृश्य ।

गायिका एउटै भए पनि गायक तथा संगीत र रचनाकार दुई गीतका रचनाकार फरक छन् । त्यसैले पनि हुनुपर्छ, दर्शक तथा स्रोताले यी दुई गीतबीच तुलना समेत गरेको पाइन्छ । यस अर्थमा पनि दर्शकले तुलना गरेका छन् कि, दुवै गीत एकाएक भाइरल भएका थिए ।

अहिले आएर विष्णु माझीको स्वर रहेको अर्को गीतले पनि दर्शकको मन जितेको छ ।

युट्युबमा सार्वजनिक गीत ‘केसरी’ मा विष्णु माझीसँगै दिनेश क्षेत्रीको स्वर छ । अघिल्लो हप्ता रिलिज भएको यो गीतलाई स्रोता तथा भिडियो हेर्ने दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् । यो समाचार तयार पार्दासम्म युट्युबमा कमेन्ट गर्नेहरु झण्डै १२ सय छन् । गीतमा सावित्रा चिलुवालका शब्द छन् भने दिनेश क्षेत्री र सुनील बिसीले गीतमा संगीत भरेका छन् ।

विष्णु माझीले स्वर दिएको गीत ‘सालको पात टपरी’ को भिडियोमा मरिश्का पोखरेल

विष्णु माझीका फ्यानले उनका एकपछि अर्को गीत हिट मात्र बनाएका छैनन् । उनलाई लाइभ गायनमा पनि हेर्ने चाहना व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले युट्युबमा लेखेका छन्, ‘विष्णु माझीको ह्याट्रिक, सालको पात टपरी, लालुमै, केशरी ।’

हुन पनि पछिल्लो समय विष्णु माझीले स्वर दिएका यी तिनै गीतले लोक संगीत क्षेत्रमा तरङ्ग ल्याइदिएका छन् ।

युट्युबमा कमेन्टमा पनि विष्णु माझीको स्वरको प्रशंसा र चर्चा धेरै गरिएको छ । यो गीतलाई युट्युबमा मात्र दश दिनमा ६ लाखभन्दा बढीले हेरेका छन् भने यो गीत युट्युबको ट्रेन्डिङ नम्बर १६ मा छ ।

विष्णु माझीको स्वर रहेको गीत ‘केसरी’ को भिडियोमा मोडल ।

पछिल्लो समय ‘सालको पात टपरी’ सर्वाधिक लोकप्रिय भएपछि फ्यानले माझीको खोजी गरेका थिए । उनलाई आफ्नै श्रीमानले नै गुमनाम राखेको आरोप लागेको थियो । त्यसपछि स्याङ्जा प्रहरीले चासो राखेर खोजीको पहल गरेपछि विष्णु माझी स्याङ्जा पुगेर आफ्नो खुशीले गुमनाम भएको बताएकी थिइन् ।

कुनै बेलाका लोकप्रिय गायिका बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, हरिदेवी कोइराला लगायतका उनीसँगैका गायिकाहरु पछिल्लो समय त्यति चर्चामा नरहे पनि विष्णु माझीले भने एकपछि अर्को हिट गीत दिएकी छिन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ५ : ३० बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०