कसले ‘दुम्सी’ भन्यो सलिनमानलाई ? | Khabarhub Khabarhub

कसले ‘दुम्सी’ भन्यो सलिनमानलाई ?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सलिनमान ती अभिनेता होलान्, जो एउटै फिल्मबाट पनि चर्चामा छन् । बल्ल उनको दोस्रो फिल्म रिलिज हुँदैछ । तर चर्चा भने उनको अन्य स्थापित युवास्टारको जत्तिकै हुन्छ ।

सोमबार काठमाडौंमा फिल्म ‘यात्रा’ को ट्रेलर रिलिज कार्यक्रम थियो । कार्यक्रममा निर्देशक सम्राट शाक्य फिल्मका मुख्य कलाकारहरु, निर्माता, बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराईसँगै सलिनमान बनियाँको पनि उपस्थित थियो ।

कार्यक्रममा उनी खासै बोलेनन् । शायद बोल्न पनि चाहेका थिएनन् । उनी खासै बोल्ने अभिनेतामा पनि पर्दैनन् ।

सोमबारको कार्यक्रममा भने निर्देशक सम्राट शाक्यले सलिनमानलाई केही फ्यानले दुम्सी भन्ने गरेको खुलाए । उनले यसो भन्दा कार्यक्रममा उपस्थित पत्रकार तथा कलाकारको पनि हाँसो रोकिएन ।

सलिनमानले भने यसबारेमा केही जवाफ फर्काएनन् । तर निर्देशक सम्राट शाक्यले सुनाए, ‘सलिनलाई केहीले युट्युबमा ‘दुम्सी’ भनेर गाली गरेको पाएँ, केही दिनअघि हामी कलेजमा पुगेका थियौँऽ सलिनमानका फ्यानहरु पनि निकै धेरै रहेछन् ।’

उनले यसो भन्दा सलिनमान मुसुमुसु हाँसे तर केही बोलेनन् । केहीले भने सलिनमानको कपालको स्टाइलको कारण कसैले दुम्सी भने होला भनेर अड्कल काटे ।

त्यसो त सलिनमानका लागि यो दोस्रो फिल्म हो । फिल्ममा सलिनमानले सक्दो मेहनत गरेको र फिल्मलाई अझै स्तरीय बनाउन खोजेको बताउँछन् ।

फिल्म युनिटले रिलिज गरेको रिमेक गीत ‘चट्ट रुमाल क्या मालुम’ दर्शकले मन नपराएपछि दर्शकको सलिनमानलाई समेत गाली गरेका थिए ।
ट्रेलर रिलिजपछि भने सलिनमानको अभिनयको फ्यानले तारिफ गरेका छन् । यो फिल्म चैत २९ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ३ : १२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका