हवाई आक्रमण आक्रमणलगत्तै इजरायल र हमास समूहबीच युद्धबिराम | Khabarhub Khabarhub

हवाई आक्रमण आक्रमणलगत्तै इजरायल र हमास समूहबीच युद्धबिराम


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ ।

इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबाट कुनै प्रतिक्रिया दिइएको छैन ।

युद्धबिराम हुनुअघि हमासका तर्फबाट तेल अभिभ नजिक लामो दूरीको क्षेप्यास्त्र प्रहार गरिएपछि इजरायलले प्रतिक्रिया स्वरुप गाजामा हवाई आक्रमण गरेको थियो ।

गाजा क्षेत्रको प्रशासन सम्हालीरहेको इस्लामिक क्रान्तिकारी संगठन हमासले इजिप्टको मध्यस्थतामा युद्धबिराम भएको दाबी गरेको छ । इजरायलमा आगामी दुई सातापछि अर्थात अप्रिल ९ तारिखमा संसदको निर्वाचन हुँदैछ ।

इजरायली हवाई आक्रमण भएकै समयमा इजयरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङ्टनमा भेट गरेका थिए । प्रधानमन्त्री नेतान्याहूले समेत युद्धबिरामका बारेमा कुनै प्रतिक्रिया दिएनन् ।

हमासका प्रवक्ता फउजी बरहुमले इजरायलसँग युद्धबिराम गर्न इजिप्टको प्रयत्न सफल भएको बताए । तर यो सम्झौता पछि पनि दुबै पक्षबाट गोलाबारी भएका थिए । मध्यरातबाट भने दुबै पक्षबाट गोलाबारी रोकिएका थिए ।

सोमबार राति गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरिएका थिए । यो आक्रमणबाट तेल अभिभमा सात जना घाइते भएका थिए ।

इजरायली सेनाले रकेट आक्रमणको प्रतिक्रिया स्वरुप हवाई हमला गरेको थियो । उक्त आक्रमणबाट हमासका एक नेताको कार्यालय सहित अन्य भवनहरुमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  २ : ३० बजे

उपनिर्वाचनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ,

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्‍यो ?

काठमाडौं– सरकारले केही सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार बसेको

सत्ता समीकरणमा कुनै समस्या छैन् : गृहमन्त्री लामिछाने

काठमाडौं– गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल– अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको

उदयपुरमा जिल्ला प्रशासन कार्यालयद्वारा बजार अनुगमन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ ।