भलिवल खेल्दा भएको विवादमा १ जनाको मृत्यु, कुटपिटमा संलग्न पक्राउ | Khabarhub Khabarhub

भलिवल खेल्दा भएको विवादमा १ जनाको मृत्यु, कुटपिटमा संलग्न पक्राउ


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको सुर्मा गाउँपालिकामा भलिवल खेल्ने क्रममा स्थानीय युवाबीच विवाद हुँदा १ जनाको मृत्यु भएको छ ।

भलिवल खेल्ने क्रममा भएको विवादले उग्र रुप लिएपछि सुर्मा गाउँपालिका–५ का १४ वर्षीय आनन्द विकको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका बोहराको उपचारका लागि बाँकेको कोहलपुर लैजाने क्रममा सोमबार मृत्यु भएको थियो ।

प्रहरीले आनन्दमाथि कुटपिट गर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्मा–५ कै १८ वर्षीय रनु बोहरा र जीवन बोहरालाई पक्राउ गरेको हो ।

कुटपिट गरि फरार भएका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय बझाङ, प्रहरी चौकी दौलीचार र सशस्त्र प्रहरी बलको संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा सुर्मा गाउँपालिका–५ मा फेला पारेको हो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १२ : ३६ बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा