दिल्ली र चेन्नेईको भिडन्त आज, कहाँ होला सन्दीपको स्थान? | Khabarhub Khabarhub

दिल्ली र चेन्नेईको भिडन्त आज, कहाँ होला सन्दीपको स्थान?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली आज (मंगलबार) चेन्र्नइ सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा राति ८ बजे शुुरु हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन्।

चेन्नईले आईपीएलको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोरलाई ६ विकेटले घरेलु मैदानमा हराएको थियो । आईपीएलको सबैभन्दा सफल चेन्नईविरुद्ध मैदान उत्रिदा दिल्लीले आफ्नो दोस्रो जितसँगै यो सिजनमा दिल्ली‘नयाँ दिल्ली’ रहेको पनि पुष्टि गर्नु पर्ने चुनौति छ ।

दिल्लीले मुम्बईविरुद्धको रणनीति अपनाएर मैदान उत्रिदा उसका लागि सहज हुने देखिएको छ । दिल्लीका लागि पहिलो खेलमा रिसभ पन्तको अविजित ७८ रनको पारी अहिलेसम्म चर्चामा छ । ब्याटिङ अर्डरलाई ध्यान दिएर दिल्लीले आफ्नो टिम बनाएको छ । जसमा तीव्र गतिका बलर र ब्याटिङमा पनि अव्वल खेलाडीहरु थिए ।

प्रशिक्षक रिकि पोन्टिङको उक्त निर्णय सही सावित भएसँगै आजको खेलमा पनि दिल्लीले पहिलो प्लेइङ ११ लाई मैदान उतार्ने सम्भावना बलियो छ । पहिलो खेलमा दिल्लीले स्पिनरलाई मैदान बाहिरै राख्यो । जसमध्ये दिल्लीका अनुभवी स्पिनर अमित मिश्रा र सन्दीप लामिछानेको बढी चर्चा भयो ।

त्यसो त, दिल्लीको मुम्बईविरुद्धको प्लेइङ ११ हेरिसकेपछि आईपीएलका कमेन्टेटरले समेत सरप्राइज भनेका थिए । दुवै स्पिनरलाई मैदान बाहिर राखेको दिल्लीले आजको खेलमा यी दुईमध्ये एकलाई मैदान उतार्ने सम्भावना छ ।

दिल्लीसँग सन्दीपसँगै अनुभवी भारतीय स्पिनर अमित मिश्रा, राहुल तेवाटिया र अक्षर पटेल छन् । यी मध्ये दिल्लीले मुम्बईविरुद्धको खेलमा स्पिन अलराउन्डर अक्सर पटेल र राहुल तेवाटीयालाई मैदान उतारेको थियो ।

जसमा अक्सर पटेल महंगा सावित भएका थिए । जसमा उनले ३ ओभर बलिङ गर्दै ४२ रन खर्चेर एक विकेट लिएका थिए भने ब्याटिङमा पनि मात्रै ४ रन जोडेका थिए । यता राहुल तेवाटियाले १.२ ओभर बलिङ गर्दै १२ रन दिएर एक विकेट लिएका थिए भने राहुलले पनि ब्याटिङमा ९ रन मात्रै बनाए ।

पहिलो खेलमा यी दुई खेलाडीलाई मैदान उत्रारेको दिल्लीले आजको खेलमा स्पिनरमा केही परिवर्तन ल्याउने सम्भावना देखिए पनि टिमले जीतेका कारण आजको खेलमा खेलाडी परिवर्तन हुनेमा अधिकाशंले शंका व्यक्त गरेका छन् ।

पहिलो खेल जितेको दिल्ली पराजित हुने मनशायमा छैन् । तर, उसले आफुसँग उपलब्ध खेलाडीहरुमा राम्रो टिम बनाउने प्रयास भने पक्कै गर्नेछ । त्यस्तै, सन्दीपका लागि अघिल्लो सिजनमा कोट्ला मैदानमा देखाएको प्रदर्शनले पनि प्लस पोइन्ट हुनसक्छ । जहाँ उनले तीन खेल खेल्दै ५ विकेट लिएका थिए ।

दिल्लीले सन्दीपको अस्ट्रेलियाको विग वास लिगदेखि पाकिस्तान सुपर लिग हुँदै अन्य थुप्रै प्रतियोगिताहरुमा आफुलाई अव्वल सावित गरिसकेका छन् ।
नेपाली आम क्रिकेट प्रशंसक दिल्लीको पहिलो प्लेइङ ११ पछि आक्रोसित पनि बनेका थिए । तर, चेन्नईविरुद्ध स्पिनरले स्थान पाए सन्दीप मैदान उत्रिने सम्भावना बलियो देखिन्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ११ : ४७ बजे

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा