‘दीपेन्द्र सरकार’ दुई च्याप्टरमा बन्ने, कस्तो बन्नेछ फिल्म ? | Khabarhub Khabarhub

‘दीपेन्द्र सरकार’ दुई च्याप्टरमा बन्ने, कस्तो बन्नेछ फिल्म ?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको कालो पाटो नेपालीको मानसपटलमा अझै ताजा छ । हत्याकाण्डमा राजपरिवारका सबै सदस्यसहित युवराज दीपेन्द्र शाह (दरबार हत्याकाण्डपछि छोटो समयका लागि राजा घोषित) ले पनि ज्यान गुमाएका थिए ।

उनै दीपेन्द्रको जीवनीमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’ दुई भागमा बन्ने भएको छ । आशुसेन फिल्मसका तर्फबाट निर्देशक सन्तोष सेनले फिल्म दुई च्याप्टरमा बन्ने जानकारी दिएका हुन् ।

उनका अनुसार फिल्मको स्किृप्ट लेख्दै जाँदा लामो भएकाले दुई च्याप्टरमा बन्ने भएको हो । यद्यपि फिल्मको फाइनल कथा अझै तयार भएको छैन ।

‘कथाको काम अझै सकिएको छैन, सँगै हामी अर्को फिल्ममा पनि काम गरिरहेका छौँ, दीपेन्द्र सरकारको कथा दुई भागमा बन्नेछ,’ निर्माता सेनले भने, ‘पहिलो भागमा दीपेन्द्रको लभस्टोरीको पाटो हुनेछ भने अर्कोमा दरबार हत्याकाण्डसम्मको कथा हुनेछ ।’

राम्रो र विश्वसनीय बनोस् भन्ने हेतुले लामो समयदेखि फिल्मको कथामै काम भइरहेको छ भने दीपेन्द्रको जीवनीका बारेमा पनि थप अनुसन्धान भइरहेको छ । यही फिल्मका लागि लेखक टिमले दीपेन्द्रका साथीहरुलाई भेटेको समेत निर्माता सेनले बताए । ‘फिल्ममा कहीँकतै लिबर्टी त अपनाउनुपर्ने हुन्छ, तर फिल्म हेर्दा दर्शकलाई पनि न्याय होस् भनेर हामीले बढी मेहनत गरेका छौँ ’, सेनले भने ।

यो फिल्म विवेक शाहको पुस्तक ‘मैले देखेको पुस्तक’ माथि आधारित हुनेछ । आशुसेन फिल्मस् ब्यानरले फिल्म बनाउन पुस्तकको राइटस् लिइसकेको जनाएको छ भने युवराज दीपेन्द्र शाह (दरबार हत्याकाण्डपछि राजा घोषित) को भूमिकामा अभिनेता प्रदीप खड्का पहिले नै तय भएका थिए ।

निर्माता सेनले पछि फिल्म बनिसकेपछि कुनै अड्चन नआओस् भनेर समय लगाएर स्तरीय फिल्म बनाउन लागेको बताए । साथै उनले उक्त फिल्ममा निर्देशक र अन्य कलाकार छनोट नभइसकेको पनि खबरहबलाई जानकारी दिए ।

यद्यपि यो फिल्म निर्माण गर्ने भन्दै गतवर्ष जेठ १४ गते औपचारिक घोषणा गरिएको थियो । उक्त घोषणामा ०७५ को जेठ १९ गते रिलिज गरिने भनिएको थियो । बीचमा केही कुरामा विवाद आएपछि फिल्म निर्माणका लागि थप समय लगाइने भएको हो । फिल्ममा साढे ५ करोडभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।

विकास बोर्ड भन्छ – फिल्म दर्ता छैन

यो फिल्म दुई वर्षअघि नै बन्ने भनिए पनि विकास बोर्डमा भने दर्ता भएको छैन । संवेदनशील विषय भएको भन्दै विकास बोर्डले दर्ता गर्न मानेको थिएन । स्रोतका अनुसार विकास बोडी शाही परिवारको सिफारिस मागेको थियो । विकास बोर्डका हरिकृष्ण रखौलाले ‘दीपेन्द्र सरकार’ नामको फिल्म विकास बोर्डमा अझै दर्ता नभएको पुष्टि गरे । ‘यो नामको कुनै फिल्म दर्ता भएको छैन, पहिले पनि प्रकिया नपुगेर दर्ता नभएको हुन सक्छ ।’, उनले भने ।

निर्माता सन्तोष सेनले भने फिल्म बन्न समय लागे पनि यो फिल्म पक्का बन्ने बताएका छन् । दरबार हत्याकाण्डलाई समेत उठाएकाले दर्शकले फिल्मलाई चासोका साथ हेरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ११ : ५८ बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि