साँचो मित्र भए जीवन सहज हुन्छ- ओस्कर | Khabarhub Khabarhub

साँचो मित्र भए जीवन सहज हुन्छ- ओस्कर


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

इंग्लयान्डका विश्वविख्यात साहित्यकार ओस्कर वाइल्ड जीवनलाई अमूल्य उपहारका रुपमा परिभाषित गर्छन् । उनले जीवनलाई व्याख्या गर्दै विभिन्न कविता तथा उनका रचनाहरुमा जीवन सुन्दर फूलका रुपमा चित्रण गरेका छन् । उनका केही भनाई जसको अनुकरणले तपाईंले पनि सुन्दर जीवन जिउन सक्नुहुन्छ । हेर्नुहोस ओस्करका केही प्रेरक भनाईः

-सत्य दुर्लभ रुपमा अन्त्यमा भएपनि सत्य नै हुन्छ तर, साधारण कहिल्यै हुँदैन ।
-तपाईंको हृदयमा प्रेम जगाइराख्नुस् । नत्र प्रेम बिनाको तपाईंको जीवन सूर्यको न्यानो नपाउँदा लोलाएको पुष्प वृक्ष जस्तै हुन्छ ।
-कुनै एउटा सामान्य व्यक्ति र सन्तमा यति धेरै फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने त्यो व्यक्ति सँग उसको भविष्य रहेको हुन्छ ।
-कुनैपनि व्यक्तिले आफ्नो बारे सोचेको हुँदैन भने उसले केही पनि सोचिरहेको हुँदैन ।
-जब एउटा पुरुषले कुनै महिलालाई प्रेम गर्छ तब सबै थोक सुम्पन सक्दैन तर, जब कुनै महिलाले कसैलाई प्रेम गर्छिन् त उनले आफ्नो सर्वस्व नै सुम्पन्छिन् । त्यो कुरा मैले देखेको छु ।
-यदि तपाईंसँग साँचो मित्र साथमा छ भने उसले सँधै तपाईंलाई अघि बढ्न मद्दत गरिरहेको हुन्छ ।
-तपाईंले कुनै पुस्तक पटक पटक पढेर पनि आनन्द लिन सक्नुहुन्न भने पुरै पुस्तक पढ्नुको कुनै तुक नै रहँदैन
-मलाई थाहा छ, महिलाहरू प्रेमका लागि बनेका हुन् बुझ्नका लागि मात्र होइन ।
-भनिरहनै पर्दैन, हामी सबजना नालिमै बाँचि रहेका छौ तर, हामी मध्य कोही कोहीको नजर चम्किला ताराहरूमा रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ११ : ३१ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको