नेपालमाथि कुवेतको संघर्षपूर्ण जित « Khabarhub

नेपालमाथि कुवेतको संघर्षपूर्ण जित


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वीडिस नागरिक योहान कालिनले नेपाली फुटबल टोलीको नेतृत्व गर्दै खेलेका दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल एकमा हार र एक बराबरी खेलेको छ । सोमबार राति घरेलु टोली कुवेतसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएपछि एक हार बेहोरेको थियो । यसअघिको पहिलो खेलमा नेपाली टोलीले गोलरहित बराबरी खेलेको थियो ।

अल शबब स्टेडियममा भएको दोस्रो खेलमा नेपाल कुवेतसँग १—० गोल अन्तरले पराजित भयो । खेलको सुरुआती अग्रता बनाएको कुवेतविरुद्ध नेपालले गोल फर्काउन नसक्दा पराजित भएको हो । कुवेतका लागि खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत् युसुफ नासिरले गोल गर्दै टोलीलाई जीत दिलाए ।

पहिलो खेल बराबरी खेलेका नेपालले दास्रो खेलमा कुवेतलाई रोक्न नसक्दा पराजित भएको हो । नेपालले कुवेत र मलेसियासंगको मैत्रीपूर्ण खेल खेल्ने बताइएपनि फिफाले अनुमति नदिएपछि नेपालले कुवेतसँग २ मैत्रिपूर्ण खेल खेलेको हो । कुवेतविरुद्धको मैत्रिपूर्ण खेलमा टोलीका नियमित खेलाडीहरु एएफसी यु—२३ च्याम्पियनसिप छनोट खेल्न कतार जाँदा राष्ट्रिय टोलीबाट ६ जना नयाँ खेलाडीले डेब्यु अवसर पाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : ५३ बजे

म्यानमारमा आधा अर्ब डलरभन्दा बढीको लागूऔषध नष्ट

यांगुन- म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागूऔषध नष्ट

देश विकासको लागि सबैले इमानदारितापूर्वक योगदान दिनुपर्छ : मन्त्री चौधरी

​​​​​​​काठमाडौँ- नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदमा बसुन्जेल देश

वर्षाका कारण मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै

काठमाडौँ- पहिले मेलम्ची–७ दुवाचौरका जितु भारतीले सजिलै सामान लैजाने गरेका

२६ लागिन् अदिति 

काठमाडौँ- मोडेल अदिति बुढाथोकी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली

थासाङमा ओखर खेती प्रवर्द्धन गरिँदै

बलेवा- हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेती प्रवर्द्धन