स्वास्थ्य परीक्षण गराउने मेडिकल खुल्ला प्रतिस्पर्धाबाट छानिने | Khabarhub Khabarhub

स्वास्थ्य परीक्षण गराउने मेडिकल खुल्ला प्रतिस्पर्धाबाट छानिने


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकल संस्था खुल्ला प्रतिस्प्रधाबाट छनोट गर्ने भएको छ ।

गत जेठ महिनामा श्रम मन्त्री गोकण विष्टले मलेसिया रोजगारीमा जाने कामदारमाथि स्वास्थ्य परीक्षणका नाममा बढी रकम उठाउदै आएका ३९ वटा मेडिकल खारेज गर्न निर्णय गरेका थिए । उक्त निर्णयसँगै रोजगारीका लागि मलेसिया जाने प्रक्रिया नै बन्द छ ।

नेपाल र मलेसिया सरकारबीच गत कात्तिकमा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । सम्झौता भएको ४ महिनापछि मलेसियाले नेपालबाट श्रमिक आपूर्ति गर्दा आवश्यक पर्ने स्वास्थ्य परीक्षणको नयाँ मापदण्डसहित पत्रचार गरेको थियो । सोही अनुसार नयाँ स्वास्थ्य मेडिकल संस्था छनोट गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले छिटै सूचना प्रकाशन गरेर मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकल संस्था छनोटका लागि आह्वान गर्ने जानकारी दिएको छ । सूचना प्रकाशित गरेपछि सरकारले बनाएको मापदण्डभित्र पर्ने स्वास्थ्य संस्था छनोट हुनेछन् ।

मलेसिया र नेपालबीच भएको श्रम सम्झौतामा उल्लेख भएअनुसार नै मलेसिया सरकारले स्वास्थ्य परीक्षण गर्ने नयाँ संरचनासहितको मापदण्ड पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

श्रम सम्झौताको ६ नम्बर बुँदामा मलेसियाले नेपालबाट श्रमिक आपूर्ति गर्दा स्वास्थ्य परीक्षण, सुविधा, उपकरणसहित स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड उपलब्ध गराउने सहमति भएको थियो । उक्त सहमतिअनुसार मलेसियाले स्वास्थ्य परिक्षणका लागि मापदण्ड पठाएको सहसचिव डा.घिमिरेले बताए ।

उनले भने, ‘नेपाल सरकारले मलेसिया सरकारसँगको परामर्शमा सरकारी अस्पतालसहितका सेवा प्रदायकको सूचीकरण गर्ने प्रस्ताव गरेको थियो । नेपालले गरेको प्रस्ताव जस्तै मलेसिया सरकारले स्वास्थ्य परीक्षणका लागि मापदण्ड पठाएको छ । पहिलो जस्तो सीमित मेडिकल संस्थालेमात्र स्वास्थ्य परीक्षण गराउन पाउदैन । अब, खुल्ला प्रतिस्पधाबाट मेडिकल छनोट गरिन्छ ।’

खुल्ला प्रतिस्पर्धामार्फत जति पनि मेडिकल संस्था छनोट हुन्छ ती मेडिकलले नेपाल सरकारले तोकेको शुल्क लिएर स्वास्थ्य परिक्षण गराउन पर्ने उनको भनाई छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वास्थ्या परीक्षण गराउने उपकरण भएको स्वास्थ्य मेडिकल मात्र छनोट गरिने मन्त्रालयले जानकारी दिएको छ ।

यो भन्दा अगाडी वैदेशिक रोजगारीमा जाने कामदारका हकमा मुटुको परीक्षण गरिदैन थियो, अब भने प्रत्येक मेडिकल संस्थामा मुटु परिक्षण र दक्ष डक्टर राखेर मात्र स्वास्थ्य परीक्षण गराउनु पर्ने व्यवस्था लागू हुने मन्त्रालयले जनाएको छ ।

विगत ४ वर्षयता बायोेमेट्रिक, भिएलएन, ओएससी, माइग्राम र वन स्टप सेन्टरले विभिन्न शीर्षकमा मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म असुल्दै आएका थिए । अब भने मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षण तथा अन्य शीर्षकमा ४ हजार ५ सय रुपैयाँ मात्र तिर्नुपर्ने पर्छ । पहिलाको तुलनामा अब भने मलेसिया जाने कामदारको १३ हजार रुपँयौ बचत हुने भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : ४७ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्