सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी | Khabarhub Khabarhub

सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले गत फागुन २८ गते विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम जारी छ । सरकारले एक महिनाभित्र विप्लव समूहलाई वार्तामा आउने आग्रह गरेको छ ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विप्लवसमूहलाई एक महिनाको समय दिएका थिए । तर, विप्लव समूहले भने पार्टी गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता नलिए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

लगानीमा चिनियाँ चासो बढ्यो शीर्षकको समाचारमा नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ । विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो केही वर्षयता नेपालमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ ।

२०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपाल चीनसँग नजिकिन गएपछि चिनियाँ लगानीकर्ता उत्साहित भएका छन् । कुल गार्हस्थ उत्पादनका हिसाबले चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो ।

भारतमै लगानीको प्रतिफल सुनिश्चितता बनेपछि भारतीय लगानीकर्ता स्वदेशमै केन्द्रित भएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यकारी सदस्य शशिकान्त अग्रवालका अनुसार भारतले पछिल्लो १० वर्षमा स्वदेशमै लगानीका लागि सुविधा दिएको छ ।

त्यस्तै जग्गा बेचेर अस्पताललाई डेढ करोड शीर्षकमा पत्रिकाले लेखेको समाचारमा भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीडा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरैतिर भौंतारिए उनी । एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए । त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाई केही गरौं भन्ने भावना जाग्यो । अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे ।

भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि ७४ वर्षीय पाठकले पूर्वी चितवनको एक बिघा जग्गा बेचेर दान गरेका हुन् । ‘आँखा देखाउने काममा दान गर्न पाउँदा मन रमाएको छ’,पाठकले भने, ‘आँखा नभएकाले संसार देखाउन पाएँ भने मेरो खुसी त्यही हो ।’

पाठक दम्पतीका नाममा भीमराज–उषामाया पाठक आँखा बैंक स्थापना गरिएको छ । पाठकले आँखा बैंक सञ्चालनका लागि अक्षय कोष स्थापना गरेका हुन् । अक्षय कोषबाट प्राप्त ब्याज रकमले बैंक सञ्चालन गरिनेछ । नानी संकलन केन्द्रमा आँखाको नानी दान गर्न चाहनेलाई परामर्श दिने गरिएको छ । परीक्षण गर्न आउनेलाई आँखादानबारे जानकारी गराइन्छ ।

पाठक धादिङ गजुरीबाट २०१७ सालमा बसाइँ सरी चितवन आएका थिए । उनको आँखामा जलविन्दुको समस्या छ । विज्ञबाट आँखा परीक्षण गर्न योग्य भए आफूले पनि आँखादान गर्ने उनले बताए । उनका एक्ला छोरा अंशबन्डा लिएर अलग्गै बस्छन् । पाठकको अब भरतपुरमा चार कट्ठा जग्गा र घर बाँकी छ । जीवनको बाँकी समय सामाजिक सेवाका लागि जीवनको खर्चिने उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ५४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन