सूर्यग्रहणः धनु राशिका लागि अतिकष्ट, कुन राशिका लागि कस्तो फल मिल्ने ? | Khabarhub Khabarhub

सूर्यग्रहणः धनु राशिका लागि अतिकष्ट, कुन राशिका लागि कस्तो फल मिल्ने ?


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । गएरातिबाटै सूर्यग्रहणको सूतक शुरु भए पनि केहीबेरमा सूर्यग्रहणको स्पर्श शुरु हुँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्नेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ । सूर्यग्रहण झण्डै तीन घण्टा रहनेछ ।

सूर्य ग्रहण राशि अनुसार प्रभाव पार्ने हुँदा कुनै राशिहरुका लागि निकै अशुभ मानिन्छ । यो सूर्यग्रहण धनु राशिका मानिसहरुलाई अति कष्ट मानिएको छ । मेष राशि भएकाहरुका लागि शुभ देखिँदैन । माननाशको योग रहेको छ । त्यसैगरी वृष राशिका मानिसले पनि सूर्यग्रहण अवलोकन गर्दा अशुभ हुने देखिन्छ ।

वृष राशि भएकाहरका लागि कष्टको योग छ । त्यसैगरी मिथुन राशिका मानिसले सूर्यग्रहणको अवलोकन गर्दा स्त्रीपीडाको फल देखिन्छ । सिंह राशिका लागि पनि चिन्ता, कन्या राशिका लागि व्यथा, वृश्चिक राशिका लागि क्षति, धनु राशिका लागि घात, मकर राशिका लागि व्यय हुनेछ ।

कर्कट, तुला, कुम्भ र मीन यी चार राशिका लागि भने यो सूर्यग्रहण निकै शुभ रहने छ । ककर्ट राशिका मानिसले सूर्यग्रहणको अवलोकन गर्दा सुख प्राप्तिको योग देखिन्छ भने तुला राशिका लागि पनि श्रीप्राप्तिको योग रहेको छ । त्यसैगरी, कुम्भ राशिका लागि लाभ प्राप्ति हुनेछ भने मीन राशिका लागि शुख प्राप्तिको फल मिल्ने छ ।

सूर्यग्रहण धनु र मकर राशिका लागि भने निकै अशुभ रहने ज्योतिषचार्याहरु बताउँछन् । उनीहरुका लागि अतिकष्टको योग रहेको छ । त्यसैले यी राशि भएका मानिसहरुले सूर्यग्रहणको अवलोकन गर्नु अशुभ हुनेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : ४५ बजे

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै अर्जुनधारा जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार