मानव शरीरको संरचना पढाउने शिक्षिकाको अनौठो तरिका | Khabarhub Khabarhub

मानव शरीरको संरचना पढाउने शिक्षिकाको अनौठो तरिका


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनको एक विद्यालयकी शिक्षिकाले मानव शरीरको संरचनाबारे विद्यार्थीहरुलाई जानकारी दिन एउटा अनौठो उपाय गरेकी छन्।

उनले गरेको अनौठो क्रियाकलापको सामाजिक सञ्जालमा खुलेर प्रसंशा भइरहेको छ।

स्पेनको वेलेडोलिडको एएटा विद्यालयकी शिक्षिका वेरोनिका ड्र्युकले जीव विज्ञानको कक्षामा मानव शरीरको आन्तरिक अंगहरु भएको कपडा लगाएर कक्षा कोठामा पुगेकी हुन्।

उनले आफ्ना विद्यार्थीहरुलाई मानव शरीरका एकएक अंगहरुबारे सम्झाईन्। विद्यार्थीहरुले पनि यसलाई निकै चाखपूर्वक हेरे।

४३ वर्षीया वेरोनिक विगत १५ वर्षदेखि विज्ञान, अंग्रेजी, कला, इतिहास र स्पेनिशलगायतका विभिन्न विषय पढाउँदै आएकी छन्।

यो समयावधिमा उनले विद्यार्थीहरुलाई सिधै भनिदिएर वा ब्ल्याक बोर्डमा चित्र बनाएर बुझाउन गाह्रो भएको ठहर गरिन्। यसरी पढाउँदा केही बालबालिकाले बुझ्ने र केहीले नबुझ्ने गरेको उनले पाइन्।

यसैका लागि आफूले त्यस्तो कपडामा कक्षा कोठामा गएको स्पष्ट पारेकी छन्। वेरोनिकाको यस्तो आईडिया सुनेर छक्क परेका पतिले कक्षा कोठामै गएर शिक्षिका श्रीमतीको तस्बिर खिचे र सामाजिक सञ्जालमा शेयर गरे।

पतिले ट्वीटरमा राखेको शिक्षिकाको तस्बिर साढे १३ हजारभन्दा बढीले रिट्वीट गरेका छन्। त्यस्तै ६७ हजारभन्दा बढीले लाइक गरेका छन्।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : ३५ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती