शुल्क फिर्ता नगर्ने मेडिकल कलेजको अडान | Khabarhub Khabarhub

शुल्क फिर्ता नगर्ने मेडिकल कलेजको अडान


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– निजी मेडिकल कलेज सञ्चालहरुले बढी लिएको शुल्क फिर्ता नगर्ने अडान राखेका छन् ।

सरकारले शुल्क फिर्ताको लागि दिएको १५ दिने अन्तिम अल्टिमेटम सकिँदा पनि निजी मेडिकल कलेजहरुले शुल्क फिर्ता नगर्ने अडान राखेका हुन् ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शुल्कको विषयमा आज (मंगलबार) पनि शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेज सञ्चालसँग बैठक बसेका थिए ।  बैठकमा निजी मेडिकल कलेज सञ्चालहरुले शिक्षा मन्त्री पोखरेल समक्ष काठमाडौं विश्व विद्यालयकै निर्देशनमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शुल्क फिर्ता गर्न नसक्ने बताए ।

‘समायोजन गर्ने प्रतिवद्धता हामीले व्यक्त गरेका छौं, हामीले काठमाडौं विश्व विद्यालयले तोकेअनुसार लिएका हौं । मन्त्रिपरिषदले तोकेको भन्दा बढी लिएका छौं,’बैठकबाट निस्किँदै मेडिकल कलेज सञ्चालकले भने, ‘शुल्क फिर्ता गर्न सक्दैनौं ।’

निजी मेडिकल कलेज सञ्चालकहरुले शुल्क फिर्ता नगर्ने अडान राखेपछि शिक्षा मन्त्रीले सो बैठक स्थगन गरेका थिए ।

बैठकमा ६ वटा मेडिकल कलेज मात्र सहभागि थिए । सिनामंगलको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, चितवनको कलेज अफ मेडिकल साइन्स, पाल्पाको लुम्बिनी मेडिकल कलेज, काठमाडौंको नेपाल मेडिकल कलेज, कोलहरपुरको नेपलागञ्ज मेडिकल कलेज र मोरङको विराट मेडिकल कलेजले केयुकै परिपत्रमा शुल्क लिएको दावी गरेका छन् ।

उनीहरुले शिक्षा मन्त्रीलाई जानकारी गराएको पत्रमा विद्यार्थीसँग लिएको बढी शुल्क समयोजन गरिने प्रतिद्धता भने जनाएका छन् । तर पूर्ण रकम लिइसकेका विद्यार्थीको शुल्क भने फिर्ता गर्ने नगर्ने कुनै उल्लेख गरेका छैनन् ।

गृह मन्त्रालयमा मेडिकल शिक्षाको शुल्ककै विषयमा अहिले छलफल चलिरहेको छ । छलफलमा गृह मन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल लगायतको बैठक चलिरहेको स्रोतले बतायो ।

‘निजी मेडिकल कलेजहरुले शुल्क फिर्ताको लागि सहमति जनाएका छैनन्, अहिले गृह मन्त्रालयमा बैठक जारी छ,’ स्रोतले खबरहबसँग भन्यो, ‘ बैठक सकिएपछि नै शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई के गर्ने र अब कसरी अगाडी बढ्ने भन्ने टुंगो लाग्छ ।’

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन् । विद्यार्थीको आन्दोलनपछि सरकारले कात्तिक २५ गते मेडिकल कलेज सञ्चालकहरुलाई १५ दिनभित्र शुल्क फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएको थियो ।

सरकारले दिएको अल्टिमेटम आज सकिएको छ । सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क फिर्ता नगरेर ठगी मुद्धामा कारबाही गर्ने सरकारले यसअघि नै चेतावनी दिएका थिए । तर सरकारले चेतावनी पछि पनि मेडिकल कलेजहरु शुल्क फिर्ता गर्न सहमत छैनन् ।

शिक्षामन्त्री पोखरेललाई बुझाइएको प्रतिवद्धता पत्र 

 

मेडिकल कलेजद्वारा पौने ३ अर्बको ‘ठगी’, कारबाहीका लागि विद्यार्थीको उजुरी कुर्दै सरकार

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ५५ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले