प्रधानमन्त्री बिरामी हुनु खेलाडीका लागि ‘ब्याडलक’ ! | Khabarhub Khabarhub

प्रधानमन्त्री बिरामी हुनु खेलाडीका लागि ‘ब्याडलक’ !

अर्थमन्त्रीको भाषणले ‘चित्त दुख्यो’



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडीलाई प्रोत्साहनका लागि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन तथा शुभकामना दिने कार्यक्रम तय गरिएको थियो ।

तर, प्रधानमन्त्री ओली मंगलबार बिहानै बिरामी परे । अचानक पेट दुख्ने समस्या देखिएपछि ओलीलाई महाराजगञ्जको त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगियो ।

स्वास्थ्य परीक्षणका क्रममा ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकहरुले शल्यक्रिया शुरु गरे । एपेन्डिक्सको शल्यक्रियापछि अहिले प्रधानमन्त्री ओली अस्पतालमै चिकित्सकहरुको निगरानीमा छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रतिनिधि बनेर प्रमुख अथितिका रुपमा अर्थमन्त्री डा. युवराज खतिवडा खेलाडीहरुलाई शुभकामना दिने कार्यक्रममा उपस्थित भए ।

सागमा सहभागी अधिकांश खेलाडी कार्यक्रममा उपस्थित थिए । काठमाडौंमा अभ्यास गरिरहेका खेलाडी तथा उपत्यका बाहिर अभ्यासमा रहेका खेलाडीलाई शुभकामना कार्यक्रममा बोलाइएको थियो ।

खेलाडीहरु टाढा टाढादेखि कार्यक्रममा सहभागी हुनुको प्रमुख कारण थियो– एउटा ‘आकर्षक घोषणा’ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवालले नै खेलाडीहरुलाई सन्देश दिएका थिए– प्रधानमन्त्रीले साग खेल्ने खेलाडीका नाममा सम्बोधन गर्न कार्यक्रम छ र सोही कार्यक्रममा १३ औं सागमा स्वर्ण जित्ने खेलाडीका लागि सरकारका तर्फबाट दिइने प्रोत्साहन (पुरस्कार) बारे पनि केही घोषणा हुँदैछ ।

तर, अचानक देखिएको स्वास्थ्य समस्या पछि प्रधानमन्त्री कार्यक्रममा उपस्थित हुन सकेनन् । प्रधानमन्त्री अस्पताल भर्ना भएपछि सागका खेलाडीका लागि भनिएको ‘विशेष प्रोस्ताहन’बारे पनि कुनै घोषणा हुन सकेन ।

कार्यक्रमका सञ्चालक समेत रहेका राखेप सदस्य सचिवले अर्थमन्त्री खतिवडालाई सम्बोधनमा आइरहँदा पनि खेलाडीका लागि पुरस्कार घोषणा हुनेबारे स्मरण गराएका थिए ।

तर, प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा विशेष सम्बोधन तथा शुभकामना कार्यक्रममा उपस्थित मन्त्री खतिवडाले भने, ‘मलाई सम्माननीय प्रधानमन्त्री ज्युले खेलाडीहरुलाई उत्साजनक रुपमा पुरस्कृत हुने गरी आफ्ना कुरा राख्नु होला भन्नुभएको थियो । मैलै यहाँ यति भन्न सक्छु कि, अहिले जुन पुरस्कार चलनमा छ, त्यसमा उल्लेखनिय बृद्धि हुने छ ।’

अर्थमन्त्री खतिवडाले पुरस्कारबारे आफ्ना भनाइ राख्दा अर्को एउटा प्रशंग पनि उल्लेख गरे । जसमार्फत उनले युवा तथा खेलकुद मन्त्रालयका लागि अर्को जिम्मेवारी थपिदिए ।

सरकारले यसअघि पनि साग, एसियाड र ओलम्पिकमा पदक जित्ने खेलाडीलाई पुरुस्कृत गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गर्दै आएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भने– ‘यसका लागि युवा तथा खेलकुद मन्त्रालयले नै मन्त्रिपरिषदमा प्रस्ताव राखोस् । अर्थमन्त्रीले मात्रै भनेर हुँदैन ।’

राखेपको ‘सर्कुलर’पछि विशेष ‘अपेक्षा’का साथ प्रज्ञा प्रतिष्ठानको हलमा सहभागी भएका खेलाडी भने अर्थमन्त्रीको सम्बोधनले त्यति खुसी भएनन् । आफूहरुका लागि सरकारले केही विषेश सम्बोधन गर्ला भन्ने अपेक्षा बोकेका खेलाडीहरुले अर्थमन्त्रीको भाषणा सुनेपछि ‘चित्त दुखेको’ प्रतिक्रिया दिए ।

सागमा दोहोरो स्वर्णधारी कीर्तिमानी खेलाडी दीपक श्रेस्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा अचानक समस्या देखिनु र मन्त्रीले खेलाडीका लागि राम्रो ‘प्याकेज’ को घोषणा गर्न नसक्नुमा खेलाडीको ‘ब्याडलक’ का रुपमा अथ्र्याए ।

‘आजको कार्यक्रमको उद्देश्य ठीक थियो । राम्रो योजनाअनुसार कार्यक्रमा गरिएको थियो, तर प्रधानमन्त्री बिरामी हुनु खेलाडीका लागि ‘ब्याडलक’ भयो,’ श्रेष्ठले भने, ‘यस्ता कार्यक्रमहरुले खेलाडीलाई थप उर्जा मिल्छ । तर, सागको मुखैमा भएको यति ठूलो कार्यक्रमबाट कुनै पनि प्रोत्साहनको घोषणा नहुनुले खेलाडीमा राम्रो सन्देश भने प्रवाह हुन सकेन ।’

मन्त्री खतिवडाले १३ औं सागमा स्वर्ण विजेता खेलाडीको पुरस्करामा यस अघिको भन्दा उल्लेख्य बृद्धि हुने भने पनि के कति हुनेबारे त खुलाएनन् ।

यसअघि १२ औं सागमा स्वर्ण विजेता फुटबल टोलीका सदस्यले गएको बैशाखमा सरकारले प्रदान गरेको सम्मान स्वरुप ३ लाख नगद पाएका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘नेपालमा यति–उति दिने भनेर घोषणा भएका पुरस्कार त समयमा खेलाडीले पाउँदैनन् भने यसरी घोषणा भएको पुरस्कार पाउँछन् भन्ने के ग्यारेन्टी ?’

एभीसी विजेता सम्मानित

मंगलबारको कार्यक्रममा एसियन भलिबल फेडेरेसन (एभिसी) को पहिलो संस्करणमा स्वर्ण जितेको महिला भलिबल टोलीका सदस्य जनही नगद ३ लाखसहित सम्मानित भएका छन् ।

सरकारले यसअघि गरेको घोषणा अनुसार मंगलबार महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । महिला भलिबल खेलाडी तथा अफिसियलहरुले जनही ३ लाख पाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ४ : २८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न