साग बिच भलिबल : स्वर्ण पदकको आश | Khabarhub Khabarhub

साग बिच भलिबल : स्वर्ण पदकको आश


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही मंसिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एशियाली खेलकूद(साग) मा बिच भलिबल खेल पहिलोपटक समावेश गरिएको छ ।

पोखरास्थित फेवाताल किनारको बाराहीघाटमा हुने प्रतियोगितामा सहभागी राष्ट्रका लागि प्रतियोगिता पहिलो अनुभव रहनेछ । बालुवा बिछ्याइएको भलिबल कोर्टमा खेल हुने भएकाले यसलाई बिच भलिबल भनिएको हो । महिला तथा पुरुष दुई विधामा गरी दुई स्वर्ण, दुई रजत र दुई कास्यका लागि भूटानबाहेकका छ देशले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता मंसिर १९ देखि शुरु हुँदैछ ।

प्रतियोगिताको तयारीका लागि पुरुष तथा महिला नेपाली राष्ट्रिय टोली गएको असार १५ देखि प्रशिक्षणमा रहेको छ । गत असार ५ देखि ९ गतेसम्म पोखरामा छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता आयोजना गरेर सागका लागि खेलाडी छनोट गरिएको थियो ।

घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाल पदक जित्नेमा दृढ देखिएको छ । सहभागी देशमध्ये श्रीलङ्का, माल्दिभ्स र भारतलाई पदकको सबैभन्दा बढी दावेदार मानिए पनि घरेलु मैदान र दर्शकको फाइदा लिँदै पहिलोपटक समावेश खेलमा स्वर्ण जितेर इतिहास रच्ने नेपालको लक्ष्य छ ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा १० दिनको बन्द प्रशिक्षण गरेको थियो । त्यसक्रममा त्यहाँको राष्ट्रिय टोलीसँगको चार मैत्रीपूर्ण खेलमा नेपाली टोलीले एकमा जित निकालेको थियो । नेपाली टोलीका प्रशिक्षक सुदेश रिमालले होम ग्राउन्डको फाइदा उठाउँदै स्वर्ण जित्ने गरी तयारी भइरहेको बताए ।

आफ्नै देशमा भएको प्रतियोगिताले खेलाडीको मनोवल बढेपनि प्रतियोगितास्थलमा अभ्यास गर्न नपाइएको बताउँदै उनले भने, ‘होम ग्राउन्ड र दर्शककोे हामीलाई फाइदा छ तर हामीले आफ्नै मैदानमा अभ्यास गर्न पाएका छैनौँ । एक दुई दिन भएपनि अभ्यास गर्न पाइन्छ कि ?’

आफूहरुलाई अहिले पनि खेल्ने मैदानको नै समस्या रहेको प्रशिक्षक रिमालले उल्लेख गरे । नेपाली टोलीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार तथा सञ्जय शाह र राजु विकको जोडी छ ।

महिला टोलीका प्रशिक्षक कौशिल्ला कार्की पनि खेलाडीका लागि अभ्यासस्थल तयार नभएकोमा चिन्तित छन् । एक दुई दिनमा मैदान तयार हुने जानकारी पाएको बताउँदै उनले बाँकी समयमा प्रतियोगितास्थलमा अभ्यास गरेर आफू अनूकूलको नतिजा निकाल्नेमा उनी दृढ छन् ।

ओलम्पिकमा सहभागिता जनाइसकेको श्रीलङ्का बलियो टोली रहेको बताउँदै प्रशिक्षक खत्रीले भने, ‘श्रीलङ्कामा अभ्यास गरेर उनीको सवल र दुर्वल पक्ष थाहा पाएका छौँ र प्रतियोगिताका लागि सोहीअनुसार रणनीति बनाउँछौँ ।’

महिला टोलीले श्रीलङ्कामा अभ्यास गर्दा राष्ट्रिय टिमसँगको एक मैत्रीपूर्ण खेल गुमाएको थियो । कोपिला उप्रेती र मनिषा चौधरी तथा विनिता बुढाथोकी र नेविका चौधरीको महिला टोली छ ।

नेपाल भलिबल सङ्घका जिल्ला अध्यक्ष भीम पराजुलीले बिच भलिबलका लागि मैदानमा बालुवा राख्नमात्र बाँकी रहेकाले एक/दुई दिनमा अभ्यासका लागि खेलाडीलाई उपलब्ध गराइने बताए ।

तोकिएको मितिभन्दा ढिलाइ भएको स्वीकार गर्दै उनले नेपाली टोलीले अभ्यासका लागि एक साता समय पाउने उल्लेख गरे । बिच भलिबलका लागि आयोजक नेपालसहित भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशबाट पुरुष र महिलाको दुई/दुई टोली गरी एक देशबाट आठ जनाको दरले खेलाडी सहभागी हुँदैछन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : ५७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६