दशैंमा सबैभन्दा धेरै बिक्री भए यी स्कुटर, कसको कति मूल्य ? | Khabarhub Khabarhub

दशैंमा सबैभन्दा धेरै बिक्री भए यी स्कुटर, कसको कति मूल्य ?


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पछिल्लो समय युवा पुस्तामा स्कुटरको क्रेज बढेको छ । युवती र महिलाले धेरै प्रयोग गर्ने गरिएको स्कुटर अहिले सबैले प्रयोग गर्न थालेका छन् ।

सामान्य बेलामा भन्दा चाँडपर्वमा सवारीसाधनको माग बढी हुने गरेको छ । दशैं तिहार लगायतका चाँडमा आउने अफरपनि यसको एक कारण हुन सक्छ ।

नाडा आटो शोबाट छठ पर्वसम्मको समयलाई मध्यनजर गर्दै कम्पनीहरुले अफर ल्याएका हुन्छन् भने ग्राहकले पनि यही मौकामा किन्ने गरेका छन् ।

होन्डाको डियो, ग्राजिया र टीभीएस एनटर्क चाँड पर्वको बेलामा धेरै व्यापार भएका स्कुटर हुन् ।

होन्डा डियो

नेपाली स्कुटर बजारको करिब ४० प्रतिशत बजार हिस्सा ओगट्ने मोडलको रुपमा रहेको छ होन्डा डियो । अहिले नेपालमा वार्षिक एकलाख १५ हजार यूनिटको हाराहारीमा स्कुटर बिक्ने गरेको छ ।

स्टाइलिस डिजाइन र आकर्षक कलर डियो स्कुटरको मुख्य विशेषता हो । यस स्कुटरमा एलइडी हेडलाइट जडान गरिएको छ भने, मेटसेड, मार्शल ग्रीन मेटेलिक तथा एक्सिस–ग्रे मेटेलिक कलरमा उपलब्ध रहेको छ । यसमा डिजिटल स्पीडोमिटर र ट्रीपमिटर जस्ता विशेषता उपलब्ध रहेको छ ।

यो स्कुटरको मूल्य १ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

टीभीएस एनटर्क १२५

टीभीएसको सर्वाधिक बिक्री हुने एनटर्क १२५ स्कुटर ड्रम र डिस्क ब्रेक अप्सनमा उपलब्ध रहेको छ ।

एनटर्कमा एलईडी डे–टाइम रनिङ्ग लाइट भए तापनि हेडलाइट एलइडीमा छैन तर कम्पनीले अब ल्याउने मोडलमा भने एलइडी हेडल्याम्प रहेको छ । अ

न्डर–सीट स्टोरेज क्षमता उत्कृष्ट रहेको एनटर्क स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरूको रोजाईमा पर्न सफल भइसकेको छ । एनटर्क स्कुटरमा तीन–भल्व टेक्नोलोजीको प्रयोग गरिएको छ । यसको इन्जिनले ९.३ बीएच पावर र १०.५ एनएम–टर्क जेनेरेट गर्छ । यसको टप–स्पीड क्षमता प्रतिघन्टा ९५ किलोमिटर रहेको छ । डिस्क ब्रेक भेरियन्टको मूल्य दुई लाख २४ हजार नौ सय रुपैयाँ र ड्रम ब्रेक भेरियन्टको मूल्य २ लाख १४ हजार ९०० रुपैयाँ रहेको छ ।

होन्डा ग्राजिया

नेपाली बजारमा धेरै बिक्री हुने होन्डाको ग्राजिया स्कुटर स्टाइलिस र पफर्मेन्सको कारण चर्चामा छ । अटोमेटिक एलइडी हेडलाइट भएको यो पहिलो स्कुटर हो । त्यसैगरी, थ्री स्टेप ईकोस्पीड इन्डिकेटर यसमा दिइएको छ । जसका कारण आवश्यकताअनुसारको स्पीड लिन सकिन्छ । स्कुटरमा यूएसबी चार्जिङ्ग पोइन्ट, अलोय–ह्वील, फ्रन्ट डिस्क–ब्रेक लगाइएको छ ।

होन्डा ग्रजियामा १२५ सीसी एयरकुल्ड फोर–स्ट्रोक इन्जिन प्रयोग गरिएको छ । यसले ८.५२ बीएच पावर र १०.५४ एनएम–टर्क प्रदान गर्छ । यसको ह्वीलवेश १२६० एमएम रहेको छ । यो सेल्फ र किक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ । यसको बजार मूल्य २ लाख १८ हजार रहेको छ । ग्राजिया एक लिटर पेट्रोलमा ६० किलोमिटरसम्म चलाउन सकिने एआरएआईले प्रमाणित गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : ५४ बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि