यो भ्रमण युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर हो : उप-कप्तान ऐरी (अन्तरवार्ता) | Khabarhub Khabarhub

यो भ्रमण युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर हो : उप-कप्तान ऐरी (अन्तरवार्ता)



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन, दीपेन्द्र सिंह ऐरी । अहिले उनी सिंगापुर र ओमानमा हुने दुई अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने राष्ट्रिय टोलीको उप–कप्तानको जिम्मेवारीसहित भ्रमणमा निस्किएका छन् ।

राष्ट्रिय टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्ल टोलीमा नरहँदा छनोट समितिले उनलाई उप–कप्तानको जिम्मेवारी दिएको हो ।

सन् २०१७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका दीपेन्द्रले छोटो समयमै आफूलाई राष्ट्रिय टोलीमा स्थापित गर्न सफल भएका छन् । त्यतिमात्रै नभई कप्तान पारसपछिको कप्तानका रुपमा पनि दीपेन्द्रलाई हेर्न थालिएको छ । सन् २०१७ को मार्च ११ मा भएको आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा केन्या विरुद्धको खेलबाट राष्ट्रिय टोलीका लागि टि–२० क्रिकेटमा उनले डेब्यु गरेका थिए । त्यसयता दीपेन्द्र राष्ट्रिय टोलीमा नियमित पर्दै आएका छन् ।

उमेर समूहमा नेपाली टोलीको कप्तानी सम्हालिसकेका दीपेन्द्रले अहिले सिनियर टोलीको उप–कप्तानसम्मको जिम्मेवारी पाएका छन् । सिंगापुर र ओमान टुरका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली टोलीका कप्तान कारणवश टोलीमा नरहँदा दीपेन्द्रले नेतृत्वको जिम्मेवारी पाउने लगभग पक्का छ । उनै दीपेन्द्रसँग खबरहबले गरेको संक्षिप्त कुराकानी :

टिममा उप–कप्तानको जिम्मेवारी पाउँदा कस्तो महसुस गरिरहनु भएको छ ?

उपकप्तानको जिम्मेवारी पाउँदा एकदमै खुसी लागिरहेको छ । तर, जसरी पहिला म अन्य खेलाडीलाई हेर्थें र मैदानमा आफू पनि खेलाडी मात्रै भएर खेल्थें अहिले पनि खेल्ने त्यसैगरी हो । भूमिका मात्रै फरक हो । यद्यपि, टिमप्रतिको केही जिम्मेवारी थपिएको महसुस भएको छ ।

अब नेपालले सिंगार र ओमानमा गरी दुई श्रृंखला खेल्दै छ । सिनियर खेलाडी २–३ जना टिममा छैनन् । नेपालको प्रदर्शन कस्तो रहला ?

पहिला हामी सिंगापुरको जाँदै छौं । त्यहाँ रहँदा प्रत्येक खेललाई एक–एक गरेर हेर्छु । र, त्यहाँ सिनियर–जुनियर भन्दा पनि टिममा नयाँ खेलाडीहरुले कसरी खेल्ने र सिनियर खेलाडीबाट के सिक्ने भन्नेमा केन्द्रीत हुन्छौं ।

यो पटक एकैचोटी नेपालले धेरै खेल खेल्दै छ । यस्तो अवस्थामा दबाब हुन्छ कि हुँदैन धेरै युवा खेलाडी पनि छन् ?

सायद त्यस्तो दबाब चाहिँ हुँदैन होला । किनभने सबैले टि–२० खेलहरु खेलिरहेका छन् । घरेलु लिग भएपनि सबैमा खेलको अनुभव भइरहेको छ । सिनियर खेलाडीहरुसँग पनि युवा खेलाडी सबैले खेलिसकेका छन् । त्यस्तो दबाब हुन्छ जस्तो लाग्दैन मलाई ।

टोलीमा केही नयाँ र केही खेलाडीले पुनरागमन गरेका छन् । यसले गर्दा टिमको प्रदर्शनमा केही परिवर्तन त पक्कै आउँला । यस्तो अवस्थामा तपाईंले कुन पोजिसनमा ब्याटिङ गर्नुहुन्छ ?

म यो पोजिसनमा खेल्छु भनेर ठ्याक्कै त भन्न सक्दिनँ । खेलमा जस्तो अवस्था आउँछ । प्रशिक्षकले जुन परिस्थितिमा परिचालन गर्छन् । त्यसैमा म ब्याटिङ गर्छु । यसका साथै टिममा परेका युवा खेलाडीका लागि यो सुवर्ण अवसर पनि हो । उनीहरुले यो टुरमा आफूलाई प्रमाणित गर्ने मौकाको सदुपयोग गर्लान् भन्ने लाग्छ । त्यसका लागि पनि यो टुर महत्वपूर्ण छ भन्ने लाग्छ ।

पारस खड्काले टिमका सबै खेलाडीलाई कप्तानका रुपमा तयार पार्ने भन्दै अभिव्यक्ति दिएका छन् । यदि पारस टोलीमा रहेनन् भने पक्कै पनि तपाईंको काधमा जिम्मेवारी आउन सक्छ । त्यसका लागि आफूलाई कसरी तयार पार्नु भएको छ ?

पारस दाइ नेपाली क्रिकेटका लागि महत्वपूर्ण योगदान दिने खेलाडी मध्येका एक हुनुहुन्छ । उहाँको स्तरमा सायदै खेलाडी पुग्लान् । तर पनि टिमको नेतृत्व गर्ने जिम्मेवारी मेरो काँधमा आएको खण्डमा उहाँबाट मैले धेरै कुरा सिक्नु पर्छ नै ।

त्यसका लागि म तयार छु । कसरी सिक्न सक्छु, त्यसअनुसार आफूलाई मानसिक, शारीरिक, रणनीतिक सबै हिसाबमा तयार पार्ने छु ।

मैदानमा कसरी टिमको नेतृत्व गर्दै जीत हात पार्नेलगायत यस्ता धेरै कुरामा मैले आफूलाई तयार पार्न आवश्यक छ । यी सबै कुरा मैले पारस दाइबाट सिक्न पाउँछु र उहाँले पनि मलाई यसैगरी सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा गरेको छु ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ६ : १८ बजे

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार